धवलले दिए चेतावनी, ‘घर भत्काउनुस् नत्र डोजर लगाउछु’

सदरलाइन सडक बिस्तार योजना

‘तपाईका लागि अब तीन महिनाको समय छ’, नगरको विकास निर्माणसग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रममा पहिलो पटक सहभागी भएका नवनिर्वाचित नगर प्रमुख डा. धवल समशेर राणाले भने, ‘त्यसपछि सोझै डोजरले घर भत्काउछ र बिल तपाई कहा आउछ ।’
निर्धक्कसग विकासको पक्षमा उभिएका नेपालगन्ज उपमहा–नगरपालिकाका प्रमुख डा. राणा सदरलाई बिस्तार योजनाको छलफलका लागि आयोजित कार्यक्रममा बुधबार बोल्दै थिए । ‘यो बाटो नबने सदरलाईनको बजार बिस्थापित हुन्छ’, नगर प्रमुख डा. राणाले भने, ‘बाटो बनाउन नदिने जोकोही हुन्छ त्यो विकास विरोधी र नेपालगन्ज विरोधी हो ।’ त्यस्तालाई कारवाही बाहेकको कुनै विकल्प नरहेको चेतावनी डा. राणाको
थियो ।
बर्षौदेखि बन्न नसकेको नेपालगन्जको मुटु सदरलाइन सडक बिस्तारमा एशियाली विकास बैंकको आर्थिक सहयोग सुनिश्चित भएपछि चासो बढेको हो । त्यसको नेतृत्व लिएको थियो, नेपालगन्ज उद्योग वाणिज्य संघले । ‘मेरो पुरै कार्यकाल यो सडक बनाउनमा पहलकदमी गर्दैमा बित्यो’, छलफलको सुरुवातमै संघका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले भने, ‘नन्दलाल वैश्यको नेतृत्व आएपछि संघ अझ बढी सक्रिय भएर त्यसैमा लागेको छ ।’ उनले निराशा व्यक्त गर्दै भने, ‘अहिलेकै गतिमा अगाडी बढियो भने अझै ५ बर्ष यो योजना सफल हुदैन ।’

 
‘अब संघले होइन जनप्रतिनिधिले विकासको काम सम्हाल्नु पर्छ’, संघका अध्यक्ष वैश्यले जनप्रतिनिधिमूलक संस्था लाई सघाउन आफुहरु तयार भएको भन्दै सदरलाइन बिस्तार योजना निर्धारित समयमै सफलिभूत बनाउन जोड दिए ।
संघले सदरलाइन क्षेत्रका बासिन्दाहरुस“ग १४ मिटरको सडकका लागि समझदारी पनि गरिसकेको छ । ‘एकाध मानिसका कारण सडक बिस्तारमा ढिलाइ भैरहेको छ’, कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरुको भनाइ थियो, ‘उनीहरुलाई कारवाही गर्न सकिन्छ कि सकिंदैन ?’

 
सडक बिस्तार योजनालाई सघाउदै एक दर्जन बढी घर भत्काइसकेका छन् । ‘सडक बिस्तारलाई सहयोग गर्न घर फोडें, उल्टो मुर्ख ठानिएको छ मलाई’, स्थानीय व्यवसायी विनोद टण्डनले भने । स्थानीयबासीहरुले यथाशिघ्र सडक मोडालिटि सार्वजनिक गरी निर्माण कार्य सुरु गर्न जोड दिए ।

 

नगर प्रमुख राणाले उपमहानगरपालिकासग कुनै स्रोत नभएकाले दातृ निकायको पैसा फुत्कन नदिने दृढता व्यक्त
गरे । ‘अहिले बनेन भने सदरलाइन कहिल्यै बन्दैन’, राणाले सबैलाई तीन महिना भित्र सडक खाली गर्न अन्तिम मौका दिंदै भने, ‘अब कुनै मिटिङ्ग हुदैन, कुनै सूचना आउदैन, यसैलाई आधार मानेर आ–आफ्ना घर संरचना तोडेर सडकलाई निर्वाध बनाउनुस् ।’
उपप्रमुख उमा थापा मगरले विकासलाई कसैले अवरोध पुर्याउन नहुने बताइन् । पूर्व नगर प्रमुख विजय कुमार गुप्ताले अधुरा योजनाहरुका कारण जनता स्वस्फूर्त विकासका पक्षमा उभिन नसकेको टिप्पणी गरे । ‘काम अगाडी बढाउनुस् डोजर लगाउनु पर्नेछैन, जनता स्वेच्छिक रुपमा सडक बिस्तारका लागि अग्रसर हुनेछन्’, गुप्ताको भनाइ थियो ।
बाकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी महेश विक्रम शाहले उपमहानगरपालिकाले विकासका लागि सुरक्षा सहयोग माग्दा राज्यले पुरै साथ दिने बताए । ‘आवश्यक पर्यो भने सुरक्षा शक्ति लगाएर अवरोध हटाउन सकिन्छ’, उनीहरुले निर्वाध विकास निर्माणको वातावरणमा जोड दिए ।
चारवाहिनीदेखि त्रिवेणीमोड सम्मको सडक बिस्तारका लागि टेण्डर भैसकेको जानकारी दिंदै एडिबीका इन्जिनियर शैलेन्द्र महर्जनले गुणस्तरीय सडक बन्नेमा ढुक्क हुन आग्रह गरे । संघका उपमहासचिव तारा रोकायले सहजीकरण गरेको कार्यक्रममा संघका सदस्य टंक सिंह धामी, अधिवक्ता विश्वजित तिवारी, स्थानीयबासी सन्तोष वैश्य, राकेश वैश्य, राजेन्द्र लखेर, जगदीश वैश्य लगायतले बोलेका थिए ।
संघका अध्यक्ष वैश्यले आफुहरुले सबैसग सडक बिस्तारका लागि सहमति जुटाइसकेको जानकारी दिंदै कार्यान्वयनको पक्ष कमजोर भएको बताए । ‘अब जनप्रतिनिधि आएपछि कामले तिव्रता लिनेमा विश्वस्त छौं’, बैश्यले भने । उनले नेपालगन्जको विकासको चासो संघलाई निरन्तर रहने विश्वास दिलाउदै भने, ‘हामी जनप्रतिनिधिलाई पूर्ण रुपमा सघाउने छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया