यो गल्ली, नेपालगन्ज विकासको कलंक

‘नेपालगन्जको विकासमा एकलैनी सडक बिस्तार योजना एउटा कलंक हो’, नेपालगन्जका पूर्व नगर प्रमुख विजय कुमार गुप्ता नेपालगन्ज उद्योग वाणिज्य संघको सभाकक्षमा भावोत्तेजना व्यक्त गरिरह“दा ठिक अगाडी एउटा सुनसान गल्ली अध्यारिंदै थियो ।
२१ बर्ष अगाडी आफुले अघि सारेको एउटा ‘ड्रिम प्रोजेक्ट’ केही सीमित स्वार्थका स्थानीयबासीले तुहाइ दिंदा भएको पीडाबोध गुप्ताले पहिलो पटक त्यहा पोखेका होइनन् । सुन्दर र समृद्ध नेपालगन्जको परिकल्पनामा जहाजहा विकास निर्माणका छलफल हुन्छन् पूर्व नगर प्रमुख गुप्तालाई एकलैनी बिस्तार योजनाले झस्क्याउछ ।

 

‘हो, एकलैनी बिस्तार योजना सफल नहुदा नेपालगन्जमा विकास प्रतिको जनविश्वास नै उठेको छ’, पूर्व नगरप्रमुख गुप्ताले दैनिक नेपालगन्जसग भने, ‘त्यहा“सम्म जनताले विकासमा साझेदारी गर्दै आएको थियो ।’ हुनपनि नेपालगन्ज उद्योग वाणिज्य संघको ठिक सामुन्नेबाट एकलैनीहुदै नेपालगन्ज विमानस्थल सम्मको झण्डै ५ किलोमिटर सडक बिस्तार योजना ५० मिटर नपुग्दै तुहियो ।
‘त्यसपछि एकलैनीको अवस्था गल्लीका गल्ली नै रह्यो’, स्थानीयबासी सलाउद्दिन जसगढले दैनिक नेपालगन्जस“ग भने, ‘अब आएर त्यहा“का जनताले विकास बुझेका छन् । राप्रपाका नेता समेत रहेका जसगढले एक सय बढी स्थानीयबासिन्दाले सडक बिस्तारका लागि लिखित सहमति सहितको अनुरोध नै गरेको जानकारी दिए ।

 

नेपालगन्ज नगर विकास समितिको तत्कालीन अध्यक्ष समेत रहेका विजयकुमार गुप्ताले सदरलाइन बिस्तार गर्दै न्यूरोडमा ल्याण्डपुलिङ्ग सिष्टमबाट बस्ती बसाएपछि एकलैनी बिस्तारको परिकल्पना गरेका थिए । ‘न्यूरोड सफल भएपछि म उत्साहित भएर एकलैनी बिस्तार योजना अघि सारेको थिए“’, तत्कालीन नगर प्रमुख गुप्ताले भने, ‘एकलैनीबाट केही घरमात्र भत्काएर सहयोग भएको भए ल्याण्डपुलिङ्ग सिस्टमबाटै एयरपोर्टसम्म न्यूरोड भन्दा राम्रो सडक बन्थ्यो ।’

 

हुनपनि एकलैनीको सुनसान गल्ली उराठ र उदास छ अचेल । एकलैनी बिस्तारका लागि पूर्व नगर प्रमुख गुप्ताले जोड दिइरहदा नवनिर्वाचित नगरप्रमुख डा. धवल समशेर राणाले सहमति जनाए । त्यो दुवैको पुल बनेका थिए, एसएसपी महेश विक्रम शाह । ‘एकलैनी अब पनि एकलेनको हुनुभएन’, एसएसपी शाहले भने, ‘अब कम्तिमा दुई लेनको बनाउनु पर्छ ।’

गुप्तापछि नगरप्रमुखको जिम्मेवारी सम्हालेका राणाले गुप्ताको योजनालाई आफुले पनि अगाडी बढाउन चाहेपनि तत्काल जनताले साथ नदिएको स्मरण गरे । ‘अब सदरलाइन बिस्तारसगै एकलैनी बिस्तार पनि अगाडी बढ्छ’, डा. राणाले आगामी एक बर्षभित्र नेपालगन्जमा ४० किलोमिटर सडक बिस्तारका लागि एडिबीसग परियोजना अगाडी बढेको जानकारी दिंदै भने ।

प्रतिक्रिया

प्रतिक्रिया