नेपालगन्जन्यूज । बाँकेमा एमाले र संघिय समाजवादी फाेरम बीच जिल्ला समन्वय समिती निर्वाचनका लागि सहमती भएकाे छ । सहमती अनुसार, बाँकेकाे जिल्ला समन्वय समितीकाे प्रमुख सहित ६ सदस्य एमालेले र उपप्रमुख र १ महिला सदस्य संघीय फाेरमले लिने भएका हुन् ।

यसैगरी जानकी, डुडुवा र नरैनापुरका गाउँ कार्य पालिका निर्वाचनमा समेत सहकार्य गर्ने  एमाले बाँकेका अध्यक्ष अशाेक काेइराला र संघीय फाेरमका अध्यक्ष कमरूद्दिन राइले हस्ताक्षर गरेकाे सहमती पत्रमा उल्लेख गरिएकाे  छ ।

जानकीमा एक महिला र एक अल्पसंख्यक दलित सदस्य गरी २ संघीय फाेरमले लिने, डुडुवामा एमालेले एक महिला र नरैनापुरमा एक सदस्य एमालेलार्इ दिने गरी सहमती भएकाे हाे ।

बाँकेका ८ स्थानीय तहमा एमालेले प्रमुख ४ र उपप्रमुख ३ गरी ७ तथा संघीय फाेरमले १ प्रमुख र १ उपप्रमुखमा विजय हासिल गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया