स्थानीय तह कार्यपालिका निर्वाचनका लागि ९८ जाती अल्पसंख्यक (सूचि सहित)

नेपालगन्जन्यूज । बाँके लगायत दाेश्राे चरणकाे स्थानीय तहकाे निर्वाचन सम्पन्न भइसकेपछि कार्यपालिका लागि बाँकेमा श्रावण २ गते निर्वाचन हुदैछ । कार्यपालिका निर्वाचनमा गाउँपालिकामा ६ र नगर कार्यपालिकामा ८ सदस्यहरू निर्वाचित हुने व्यवस्था रहेकाे छ ।

याे निर्वाचनका मतदाता हालै निर्वाचित जनप्रतिनिधीहरू हुने व्यवस्था रहेकाे छ ।

निर्वाचित महिला सदस्यहरू बाट नै कार्यपालिकाका महिला सदस्यहरू निर्वाचित हुने छन् ।

तर अल्पसंख्यक तथा दलितबाट प्रतिनिधीत्व गर्ने गरी जाे काेहि पनि उम्मेदवार हुन पाउने व्यवस्था रहेकाे छ ।

सरकारले बैसाख ११ गते स्थानीय तह निर्वाचनका प्रयाेजनका लागि अल्पसंख्यककाे सूचि जारी गरेकाे थियाे ।

जनगणना ०६८ काे जातीय  विवरणमा उल्लेख भएका कुल जनसंख्याकाे ०.५ प्रतिशत कम जनसंख्या रहेका जातीय समूह (दलित बाहेक) लार्इ अल्पसंख्यककाे रूपमा ताेकेर राजपत्रमा सूचना समेत प्रकाशित भएकाे छ ।

 

प्रतिक्रिया

प्रतिक्रिया