बाँकेमा सकियाे मतगणना : एमाले बन्यो पहिलो पार्टी

नेपालगन्जन्यूज । स्थानीय तह निर्वाचनकाे मतगणना बाँकेमा सकिएकाे छ । काेहलपुर नगरपालिकाकाे मतगणना सकिए संगै मतगणना सकिएकाे हाे ।

बाँकेकाे अन्तिम परिणाम अनुसार, बाँकेमा एमालेले ४ प्रमुख र ३ उपप्रमुखमा विजय हासिल गरेकाे छ । उसले २८ वडामा वडा अध्यक्ष समेत जीतेकाे छ । एमालेले काेहलपुर नगरपालिकामा मेयरमा लुट बहादुर रावत, बैजनाथमा अध्यक्षमा मान बहादुर रूचाल र उपाध्यक्षमा शारदा विश्वकर्मा, खजुरामा अध्यक्षमा किस्मत कुमार कक्षपती र उपाध्यक्षमा एकमाया विक, जानकीमा अध्यक्षमा राम निवास यादव र उपाध्यक्षमा भुमीसरा धितालले विजय हासिल गरेका हुन् ।

कांग्रेसले राप्ती साेनारीमा अध्यक्ष लाहुराम चाैधरी, उपाध्यक्षमा  , डुडुवामा   र नेपालगन्जमा उपमेयर उमा थापा र काेहलपुरमा संजु चाैधरीले विजय हासिल गरेका हुन् । कांग्रेसले बाँकेका ३० वडामा विजय हासिल गरेकाे छ  ।

संघिय फाेरमले नरैनापुर गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा विजय हासिल गरेकाे छ । फाेरमले बाँकेबाट ८ वडा अध्यक्षमा विजय हासिल गरेकाे छ  ।

प्रतिक्रिया

प्रतिक्रिया