बाकेको नगरउन्मुख खजुरा गाउपालिकामा नेकपा एमाले विजयी भएको छ ।
एमालेका प्रमुख पदका उम्मेदवार किस्मत कुमार कक्षपतिले ८ हजार ७० मत ल्याइ विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्मर विकले ६ हजार ८ सय ९२ मत प्राप्त गरे ।
उपप्रमुखमा एमालेकी एकमाया विकले ८ हजार २ सय १४ मत प्राप्त गरिन् । यो मत निकटम प्रतिद्वन्द्वी भन्दा झण्डै २ हजार बढी हो । निकटतम प्रतिद्वन्द्वी माओवादीकी फिरोज बानो खानले ६ हजार ४ सय ३३ मत प्राप्त गरिन् ।
खजुरामा काग्रेस तेस्रो रह्यो । काग्रेसका प्रमुख पदका उम्मेदवार नक्की खा“ले ४ हजार ९ सय ५४ र उपप्रमुख दिपा आलेले ४ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् ।