मेयर भएकाे १२ घन्टा नवित्दै काम शुरू गरे डा. धवलले

नेपालगन्जन्यूज । नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित मेयर डा. धवल शम्शेर राणाले सपथ नलिदै काम गर्न शुरू गरेका छन् ।

गत अाइतवार देखि परिरहेकाे निरन्तर बर्षाले नगर क्षेत्रमा हुने सम्भावित डुबानका बारेमा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सहितकाे टाेलीसंग छलफल गरेका छन् ।

बर्षाकाे पानीले नेपालगंज बजार क्षेत्रमा डुबान हुने समस्या रहिअाएकाे छ । यसलाइ कसरी कम गर्न सकिन्छ र तत्काल के गर्न सकिन्छ भन्ने बारेमा उहाँले चासाे राख्नु भएकाे हाे ।  छलफलमा सहभागी उपमहानगरपालिकाका कार्यकारी अधिकृत नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीम बहादुर कुँवरले नेपालगन्जन्यूजसंग भने ।

वर्षाकाे समयमा हुने डुवान नेपालगन्जकाे मुख्य समस्या मध्येकाे एक हाे । डा. राणाले चुनावी प्रतिबद्दतामा नेपालगन्जलार्इ डुवान रहित बनाउने बताएका थिए ।

कार्यकारी अधिकृत कुँवरले नगरलाई सम्भावित डुबान बाट जोगाउन जनशक्ति थपेर पुरियाका नाला खोल्ने काम भैरहेको जानकारी दिए ।

 

प्रतिक्रिया

प्रतिक्रिया