धान दिवस मनाइयो

आज धान दिवस । हरेक बर्ष कृषि क्षेत्रलाई प्रोत्साहन गर्दै धान दिवस मनाउने चलन छ । ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइन्छ ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आज असार १५ का दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । आज दही च्युरा खाने चलन समेत छ ।

यसैबीच खजुरागाउँपालिका धौलागिरीमा लाथा कृषि समूहको आयोजनामा धान दिवसको अवसर पारेर रोपाई कार्यक्रम आयोजना गरिएको छ ।

(तस्वीरहरु : प्रदिप राजवंशी/नेपालगन्जन्यूज)

प्रतिक्रिया

प्रतिक्रिया