खजुराको अादर्श प्रावि केन्द्रमा ८० प्रतिशत मतदान भयाे ।
बाँकेमा दिउँसाे ३ बजेसम्म ६० प्रतिशत भन्दा बढि मतदान भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले जनाएको छ । मुख्य निर्वाचन अधिकृत तेज नारायण पौडेलले नेपालगन्ज उपमनपामा करिब ६५ प्रतिशत मतदान भइसकेको नेपालगन्जन्यूजलाई बताए ।
यसैगरी खजुरा गाउँपालिकाका निर्वाचन अधिकृत भुवन गिरीले खजुरा गाउँपालिकामा करिब ६५ प्रतिशतको हाराहारीमा मतदान भइसकेको बताए । गिरीका अनुसार, गाउँपालिकाको वडा नं. ४ को आदर्श प्रावि डि गाउँमा ८० प्रतिशत भन्दा बढि मतदान भइसकेको छ ।
जानकी गाउँपालिकाका प्रमुख निर्वाचन अधिकृत ऋषिराम केसिले ५५ प्रतिशतको हाराहारीमा निर्वाचन भइरहेको बताए । उनले निर्वाचनमा मतदाताको अत्यन्त उत्साहजनक सहभागिता रहेको बताए ।
डुडुवा गाउँपालिकाका प्रमुख निर्वाचन अधिकृत लोक बहादुर हमालले करिब ५५ प्रतिशत मत खसिसकेको बताए । बुथ केन्द्रहरुमा अझै पनि मतदाताहरुको लाइन रहेको उनले नेपालगन्जन्यूजसंग बताए । कुनै प्रकारको अप्ठेरो नपरेको र शान्तिपुर्वक मतदानमा सहभागिता भइरहेका छन् ।
नरैनापुर गाउँपालिकाका प्रमुख निर्वाचन अधिकृत गोर्ख बहादुर थापाका अनुसार सबै ठाउँमा शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ । अनुगमनका क्रममा ६० प्रतिशत मत खसिसकेको आफुले पाएको उनले बताए । अहिले लाइन छैन । मतदाताहरु फाटफुट रुपमा आइरहेका छन् ।
बैजनाथका प्रमुख निर्वाचन अधिकृत शुसिल देवकोटामा करिब ४५ प्रतिशतले मतदान गरिसकेका छन् । साढे ६ बजे बाट १२ बजेसम्म मतदाताहरु लाइनमा थिए । अहिले लाइन लामो छैन । र मतदाताहरु मतदानमा भने आइरहेका छन् ।
राप्ती सोनारीका प्रमुख निर्वाचन अधिकृत माधव प्रसाद शर्माले उत्साहपुर्ण सहभागिता रहेको बताए । करिब ६० प्रतिशत मत खसिसकेको छ । कतै भने ७० प्रतिशत भन्दा बढि समेत मत खसिसकेको छ । अहिले मतदाताहरुको भीड पातलिएको छ । परिचयपत्र नभएका मतदाताहरुलाई नागरिकता भएपनि मतदान गर्न दिने भन्ने सहमती भएकोले मत बढ्ने उनले आशा गरेका छन् ।
कहि पानी कहि आगलागी
आज राप्ती सोनारी वडा नं.१ मा अहिले केहि बेर अघि पानी परेको छ । केहि बेर मतदानमा अप्ठेरो परेको भए पदनि अहिले सूचारु भएको छ ।
यसै गरी नेपालगन्जन्यूजका सहकर्मी विनय दिक्षितका अनुसार नरैनापुरको वडा नं. ३ का कालाफाँटामा नेराप्रावि मतदान केन्द्र नजिक आगलागि हुुदा केहि बेर मतदान अवरुद्ध भएको थियो । आगलागीबाट १३ घर र ३ गोठ जलेर नष्ट भएका छन् । आगलागि नियन्त्रणमा प्रहरी खटिएको छ । र मतदान प्रक्रिया सुरु भइसकेको दिक्षितले जानकारी दिए ।
फाेटाे विशाल राना