बाँकेको खजुरा गाउँपालिकामा एमालेले उम्मेदवारी दर्ता गराएको छ ।
गाउँपालिका प्रमुख पदका उम्मेदवार किस्मत कुमार कक्षपति, उपप्रमुख उम्मेदवार एकमाया विक लगायतले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउन गाउँगाउँबाट एमाले नेता, कार्यकर्ता र उम्मेदवारीहरु बाजागाजा सहित र र्याली सहित निर्वाचन कार्यालय पुगेका थिए ।
(तस्वीरहरु : किरण ढकाल/नेपालगन्जन्यूज)