टोपी र टिसर्ट वितरण नगर : निर्वाचन अायाेग

नेपालगन्जन्यूज । निर्वाचन अायाेगले राजनीतिक दलहरू र उम्मेदवारले चुनाव चिन्ह अंकित टाेपी, टिसर्ट र झाेला लगायतका जिन्सी सामाग्रीहरू वितरण गर्नु निर्वाचन अाचारसंहिता विपरित भएकाे भन्दै राेक लगाएकाे छ ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा  बसेको निर्वाचन आचार संहिता समितिको बैठकले  निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत/प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीलाई तत्सम्बन्धमा अनुगमन गरी त्यस्ता आचार संहिता विपरीतका कार्य रोक्न पनि आयोगले निर्देशन दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया