वाणिज्य बैंक ‘एक नम्बर’

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले धेरै दृष्टिबाट आफ्नो बैंक ‘एक नम्बर’ को बन्दै गएको बताएका छन् । नेपालगन्जको त्रिभुवन चोकस्थित राष्ट्रिय बाणिज्य बैंक परिसरमा एटिएम सेवा शुभारम्भ गर्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने, ‘सेवा, सहुलियत र प्रतिस्पर्धाका दृष्टिले हामी एक नम्बरमा पुगेका छौं ।’

प्रमुख कार्यकारी श्रेष्ठका अनुसार, बैंकले चालु आर्थिक बर्षमा १ सय ४१ अर्ब निक्षेप संकलन र १ सय २ अर्ब कर्जा प्रवाह गर्न सफल भएको छ । ‘२४ लाख निक्षेपकर्ता र २ लाख ६६ हजार कर्जाका ग्राहकलाई सेवा प्रवाह गरिरहेका छौं’, श्रेष्ठले भने, ‘अझ प्रतिस्पर्धात्मक रुपले अगाडी बढ्दैछौं ।’ उनले सरकारी बैंक भएपनि सेवा सुविधाको धुनिकीकरणले निजी क्षेत्रका बैंकहरुसग प्रतिस्पर्धामा खरो उत्रिरहेको दाबी गरे ।

‘एटिएम, इन्टरनेट लगायतका सेवाबाट काममा थप आधुनिकीकरण गर्दै गैरहेका छौं’, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने, ‘हामी नाफा मात्रै होइन सेवाका दृष्टिले पनि जनताको विश्वास जितिरहेका छौं ।’

१ सय ७३ शाखा सञ्जाल बिस्तार गरिसकेको राष्ट्रिय वाणिज्य बैंकले यो बर्ष ९ वटा बिस्तार गरिसकेको र असार सम्म थप १० वटा शाखा बिस्तार गरिसक्ने प्रमुख कार्यकारी श्रेष्ठले जानकारी दिए । ‘आगामी बर्ष ४० वटा शाखा सञ्जाल बिस्तार गरिनेछ’, श्रेष्ठले गाउ“पालिकाका केन्द्रमा शाखा पुर्याउने लक्ष्य सुनाउ“दै भने । ‘यो सरकारको लगानीमा जनताको बैंक हो’, प्रमुख कार्यकारी श्रेष्ठले भने, ‘त्यसैले नया“ संरचना अनुसार दुरदराजका गाउ“पालिका केन्द्रमा शाखा बिस्तार गरिंदैछ ।’

बैंकका क्षेत्रीय उप–प्रमुख बुद्ध प्रकाश सिंहको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बैंक नेपालगन्जका विभागीय प्रमुख उद्वव श्रेष्ठले गरेका थिए ।

त्रिभुवन चोकमा स्थापना गरिएको एटिएम १ सय १२ औं भएको जानकारी गराउँदै क्षेत्रीय उप–प्रमुख सिंहले आफ्ना ग्राहकलाई सेवा बिस्तार गरिंदै लगिने बताए । यसैमहिना थप ३० वटा एटिएम सेवा बिस्तार गरिन लागेको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया