सेनाको विमान दुर्घटना, चालकको मृत्यु

नेपाली सेवाको विमान बाजुराको कोल्टीमा दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

आज दिउँसो कोल्टी विमानस्थल छेउमै विमान दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको हो । घटनामा गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक लोकसिंह भाटले जानकारी दिए । दुर्घटनामा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते भएका छन् ।

एन ए ०४८ कल साइन भएको विमान विमानस्थलमा आकस्मिक अवतरण गर्ने क्रममा धावनमार्ग नजिकैको धान खेतमा दुर्घटनाग्रस्त भएको थियो । गम्भीर घाइते खड्का र आलेलाई उपचारका लागि सीता एयरको जहाजबाट नेपालगन्ज ल्याइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया