अब सिद्धार्थ क्याफे पनि

स्वस्थकर मौलिक मिठाई, केक, बेकरी लगायतका परिकारका लागि सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले नेपालगन्जमा क्याफे सञ्चालनमा ल्याएको छ ।

कम्पनीका कर्मचारीको अधिकांश शेयरपूजीमा सुरु गरिएको क्याफे काठमाडौं पछि नेपालगन्ज आइपुगेको हो । ‘हामी छिट्टै देशका दश मुख्य सहरमा पुग्छौं,’ सिद्धार्थ गु्रपका कार्यकारी अधिकृत कृष्ण न्यौपानेले भने । उनका अनुसार, यसै वर्ष देखि विस्तारलाई तिब्रता दिइनेछ । सिद्धार्थ क्याफेको नेपालगन्ज शाखामा मात्र प्रारम्भिक लगानी २५ लाख बढी रहेको न्यौपानेले बताए ।

गु्रपले होटेल, रिसोर्ट, रेष्टुरेन्ट मार्फत हस्पिटालिटी ब्यबसायसंगै मिठाई, केक, बेकरी र कफीका बिभिन्न परिकारहरुको उत्पादन तथा बिक्री बितरण समेत सुरु गरेको जानकारी दिंदै कार्यकारी अधिकृत न्यौपानेले भने, ‘नेपालगन्जवासीले कफीको वास्तविक स्वाद सिद्धार्थ क्याफेमा लिन सकिनेछ ।’ त्यसका लागि सिद्धार्थ ग्रुपले नेपालको पहाडी जिल्लाहरुमा कफीको ब्यबसायिक उत्पादन सुरु गरेको पनि न्यौपानेले जानकारी दिए ।

नेपाली कफीको प्रबद्र्धनका क्षेत्रमा काम गरिरहेको जानकारी दिंदै कार्यक्रममा कफी बिज्ञ बिनय थापाले कफीको महत्ब, स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव लगायतका त्यसका बिबिध पक्षमा प्रकाश पारेका थिए ।
पश्चिमको टिकापुर देखि काठमाडौ सम्म १८ बढी शाखाहरु मार्फत होटेल, रिसोर्ट, रेष्टुरेन्ट मार्फत हस्पिटालिटी ब्यबसाय संचालन गर्दै आएको सिद्धार्थ ग्रुपमा कार्यरत करिब १ हजार कर्मचारीहरुको लगानीमा क्याफे संचालन गरिएको हो ।

सोमवार १० औं गणतन्त्र दिवसको अवसर पारेर बाकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले नेपालगन्जमा सिद्धार्थ स्वीट एन्ड बेकरी क्याफेको शाखा शुभारम्भ गरे । दशौं गणतन्त्रको शुभकाना लेखिएको ८० पाउन्डको केक काटेर सिद्धार्थ स्वीट एन्ड बेकरी क्याफे शाखाको शुभारम्भ गरेका हुन् ।

‘नेपाली जनताको बर्षाै देखिको बलिदानीपुर्ण संघर्षबाट स्थापना भएको गणतन्त्रलाई उत्सबका रुपमा मनाउदै देशलाई सम्बृद्धिको दिशामा अगाडि बढाउने उद्देश्यका साथ यसरी केक काटिएको हो,’ कार्यकारी अधिकृत न्यौपानेले भने । उनले सोमबार नेपालगन्जमा काटिएको केक नेपालमा हाल सम्म कै ठुलो भएको दावी गरे ।

प्रजिअ पन्थले स्बदेशमै रोजगारका अबसरहरु सृजना गर्दै अगाडि बढि रहेको सिद्धार्थ गु्रपले नेपालगन्जमा संचालनमा ल्याएको क्याफेबाट गुणस्तरिय सेवाका साथ स्वीट एन्ड बेकरीका पारखीहरुलाई सेवा प्रदान गर्ने बिश्वास व्यक्त गरे । शुभारम्भमा ठुलो संख्यामा नेपालगन्जका उद्योगी व्यवसायी, पत्रकार लगायतको सहभागिता रहेको
थियो । यसअघिनै नेपालगन्जमा सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले ५० करोड बढीको तारे होटल र कटेज रेष्टुरेन्ट सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया