निर्वाचन असार ९ गते गर्ने निर्णय, रमजानमै पर्ने भो निर्वाचन

सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको छ ।

सोमबार भएको मन्त्रीपरिषद्को बैठकले जेठ ३१ को निर्णय असारमा सार्ने निर्णय गरेको हो । यसअघि राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रमुख दलहरुले निर्वाचन सार्ने सहमति गरेका थिए ।

दोस्रो चरणमा प्रदेश नं. १, २, ५ र ७ प्रदेशका ४६१ स्थानीय तहमा हुनेछ ।

सरकारले निर्वाचन सार्दा मुस्लिम समुदायको रमजान पर्वको फेरि पनि हेक्का राखेको छैन । मुस्लिम समुदायले निर्वाचन रमजान पर्व पछि राख्न माग गर्दै आएपनि सरकारले त्यसलाई वेवास्ता गरेको हो ।

मुस्लिम समुदायले निर्वाचन सार्दा समेत रमजान पर्वलाई विचार नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया