माओवादी केन्द्रले नेपालगन्ज उपमहानगरपालिका प्रमुख पदको लागि दामोदर आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रदेश नं. ५ का इन्चार्ज बर्षमान पुनको उपस्थितिमा बिहीबार भएको बैठकले आचार्यलाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रका बाँके इन्चार्ज आइपी खरेलले जानकारी दिए । बैठकले उपमेयरमा कलामुन अन्सारीलाई उम्मेदवार बनाउने निर्णय गरेको खरेलले बताए ।
प्रमुख पदका उम्मेदवार आचार्य नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य र दोस्रो संविधानसभा निर्वाचनमा माओवादीका तर्फबाट बाँके क्षेत्र नं. ३बाट उम्मेदवार समेत हुन् ।