सुर्तीजन्य बेच्दै हो ? होशियार !

देबेन्द्र राज पौडेल

तपाई सुर्तीजन्य कारोबार गरिरहनु भएको छ ? छ भने नया“ कानुनी व्यवस्था अनुसार, आन्तरिक राजश्व कार्यालयबाट छुट्टै इजाजत पत्र लिनु भएको छ कि छैन ? त्यसअघि व्यवसाय वा कारोबार दर्ता गर्ने निकायमा दर्ता भएको हो कि होइन ?

माथिका सबै प्रश्नको सकारात्मक जवाफ छैन भने तपाईको व्यवसाय धरापमा छ । कुनैपनि बेला तपाईको पसलमा स्थानीय प्रशासनले अनुगमन गरी सुर्तीजन्य पदार्थ जफत गर्ने मात्रै होइन, सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ बमोजिम कानुनी कारवाही गर्छ ।

‘हामी छिट्टै अनुगमनका लागि प्रहरी, प्रशासन परिचालन गर्ने टुंगोमा पुगेका छौं’, जिल्ला जनस्वास्थ्य कार्यालय बाकेका प्रमुख खिम बहादुर खड्काले दैनिक नेपालगन्ज स“ग भने, ‘नेपालगन्जमा निकै ठूलो समस्या देखिएकाले ढिलो गर्ने अवस्था छैन ।’ ऐन कार्यान्वयनका लागि बा“केका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हालै बैठक राखेर छिट्टै पसल अनुगमन कार्य अगाडी बढाउने निर्णय गरिएको प्रमुख जनस्वास्थ्य प्रशासक खड्काले जानकारी दिए ।

‘न दर्ता भएका छन् न ऐन बमोजिम गर्नुपर्ने न्यूनतम मापदण्ड पूरा गरेका छन्’, हाल बजारको अवस्था बारे खड्काले भने, ‘जताततै पसल देखिन्छन् सहजै उपलब्धतालाई निरुत्साहन नगरी नहुने अवस्था भएको छ ।’ खड्काका अनुसार, जिल्ला जनस्वास्थ्य कार्यालयले दैनिक जसो क्यान्सर, मुटुरोग र मृगौला जस्ता जटिल प्रकारका रोगहरुमा उपचार सहयोगका लागि गर्ने सिफारिसको संख्या बढ्दै गएको छ । ‘यो समस्याको रुटकजमा नगएसम्म भयानक रोगको न्यूनीकरण सम्भव छैन’, प्रमुख जनस्वास्थ्य प्रशासक खड्काले गम्भीर समस्या देखापर्न थालेकोले निरुत्साहनका लागि एक्सन लिन थालिएको जनाउ दिंदै भने ।

पहिलो चरणमा सरोकारवालाहरु बीच अभिमूखिकरण गर्दै जाने योजना बनाइएको छ । ‘त्यस लगत्तै प्रहरी, प्रशासनको टोली अनुगमनका लागि फिल्ड खटिन्छ र कानुन बमोजिम कारवाही गर्छ’, प्रमुख जनस्वास्थ्य प्रशासक खड्काले भने, ‘त्यसका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन टोली बनेको छ ।’
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा ११ को उपदफा ६ अनुसार, नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले गत माघ ६ गते फागुन मसान्त भित्र सुर्तीजन्य पदार्थको व्यवसाय कारोबार छुट्टै गर्ने व्यवस्था मिलाएको थियो ।

‘दैनिक उपभोग्य बस्तु विक्री वितरण गर्ने स्थानबाट सुर्तीजन्य पदार्थको विक्री वितरण गर्न पाइने छैन’, जिल्ला जनस्वास्थ्य कार्यालय बाकेले शनिबार सञ्चारमाध्यमलाई सम्प्रेषण गरेको सूचनामा भनिएको छ ।

विभिन्न ६ बुंदे सूचना जारी गर्दै जनस्वास्थ्यले सुर्तीजन्य पदार्थको व्यवसाय, कारोबार एवं बिक्री वितरण गर्नेले पालना गरिसक्नुपर्ने जानकारी पटकपटक गरिसकिएको र अब छिट्टै अनुगमन गरी कारवाही प्रक्रिया थालिने चेतावनी दिएको छ । बालबालिका र गर्भवति महिलालाई सुर्तीजन्य पदार्थ बेच्न नहुने र बेच्न नलगाउने समेत कानुनी व्यवस्था छ । त्यसका लागि सचेतना बोर्ड हरेक सुर्तीजन्य पसलमा लगाउनु पर्नेछ ।

शिक्षण तथा स्वास्थ्य संख्या, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय लगायत तोकिएको सार्वजनिक स्थलबाट कम्तिमा सय मिटर परमात्र त्यसखालको सुर्तीजन्य पदार्थको पसल राख्न पाउने व्यवस्था
कानुनले गरेको छ । ‘सुर्तीजन्य पदार्थको बिक्री वितरण अलग्गै पसल वा स्थानबाट गर्नुपर्छ’, सूचनामा भनिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया