सल्यान : पछिल्लो मत परिणाम

नेपालगन्जन्यूज । सल्यानमा रहेका १० स्थानीय तह मध्ये ९ को परिणाम सार्वजनिक भएको छ ।
पछिल्लो मत परिणाम अनुसार, माओवादीले कुमाख गाउँपालिकामा विजय हासिल गरेको छ । दिलमाया विएमले ३६७३ मत ल्याएर विजय हासिल गरेकी हुन् । निकटतम प्रतिद्धन्द्धी एमालेका भैरब शाहले २१२९ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा दिल्लीराज जैसीले ३८१८ मत ल्याएर विजय भने एमालेका शान्ती चन्दले २१४५ मत प्राप्त गरिन् ।

यस अघि नै माओवादीले बागचौर नपा र दार्मा गाउँपालिकामा प्रमुख र उपप्रमुखमा विजय भैसकेको थियो । यसैगरी उसले बन्गाड कुपिन्डे नगरपालिकामा उपप्रमुख जितेको छ ।

एमालेले कालिमाटी, कपुरकोट र ढोरचौर गाउँपालिका जितेको छ । एमाले सल्यानका अध्यक्ष समेत रहेका गोविन्द पुनले बन्गाड कुपिन्डे नगरपालिका प्रमुखमा विजय भएका छन् ।
यसैगरी त्रिवेणी र छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

शारदा नगरपालिकाको मत गणना भैरहेको छ । प्रमुखमा कांग्रेसका सुरेस अधिकारीको १८५८, एमालेका राम खड्काको १५८८ र माओवादी केन्द्रका प्रमोद श्रेष्ठको १११० मत रहेको छ ।

हालसम्म ८३ वडाहरुको मतपरिणाम मध्ये ७५ वडाको नतिजा सार्वजनिक भएको छ । जसमा माओवादी केन्द्र ३२, एमाले २६ र कांग्रेसले १७ वडामा विजय हासिल गरेको छ ।

(सल्यानबाट पत्रकार प्रतिक भटरार्इकाे सहयाेगमा )

प्रतिक्रिया

प्रतिक्रिया