बाके : काग्रेसमा उम्मेदवारको सकस

नेपाली काग्रेस बाकेले नेपालगन्ज उपमहानगरपालिकाका लागि उम्मेदवार छान्न सकस परेपछि निवेदन आव्हान गरेको छ ।

‘दाबेदारले ५ सय रुपैया दस्तुर सहित आधारहरु पेश गर्नुपर्नेछ’, निवेदनबारे पार्टी स्रोतले भन्यो, ‘यति गर्दा पनि मेयरमा १२ जना र उपमेयरमा १० जनाको उम्मेदवारीका लागि निवेदन परेको छ ।’
का“ग्रेसको नेपालगन्ज नगर कमिटिले लिखित निवेदनको नियम बनाएको हो । त्यसरी निवेदन दिनेहरुमा डा. सुरेश कनोडिया देखि मो. कादिर अन्सारी सम्म छन् ।
निजामुद्दिन सिद्दिकी (मुन्ना), अच्युत प्रसाई, सुरेन्द्र हमाल, निरञ्जन सिजापति, प्रशान्त विष्ट, रमेश गुप्ता, सुदिप नरसिंह राणा, लक्ष्मीनारायण शाह, राजु थापाले आफ्नो उम्मेदवारी दाबी गरेका छन् । ‘उम्मेदवारीकै लागि काठमाडौंबाट आशा सिंह राठौर पनि नेपालगन्जमा देखिएकी छन्’, पार्टी स्रोतले भन्यो, ‘उनले आफुलाई मेयरमा र फैयाज अली अन्सारीलाई उपमेयरमा तालमेल मिलाएकी छन् ।’

उपमेयरमा समेत १० जनाले लिखित आवेदन दर्ता गराएका छन् । सम्बद्ध स्रोतका अनुसार, उमा थापामगर, ऋचा द्विवेदी, पुष्पा शुक्ला, कमला भट्ट, नारायण रुपाखेती, दिक्षा कोइराला, भारती जोशी, माया पुनमगर, रत्ना राणाले उपमेयरका लागि आवेदन दिएका छन् । उपमेयरमा फैयाज अली एकमात्र पुरुष दाबेदार छन् ।

उम्मेदवार छनोटको सकस बढ्दै गएपछि आइतबार दाबेदारहरुको भेला गराएकी पार्टी सभापति किरण कोइरालाले दाबेदारहरु बीच जमघट गरेकी छन् । आइतबार भएको दाबेदारहरु बीचको जनघटमा पनि निष्कर्ष निस्कन नसकेको पार्टी स्रोतको भनाइ छ ।

‘सबैले आ–आफ्नो डम्फु मात्र बजाएका छन्’, पार्टी स्रोत भन्छ, ‘कसैले पनि दाबेदारी छोड्न नमानेपछि पार्टीका पुराना नेता पूर्व सभापति युवराज शर्मा र मोहम्मदी सिद्दिकीलाई अघि सार्ने योजना पनि कतिपयले सुनाएका छन् ।’ पार्टी सभापति कोइराला नै कतिपय प्रेरित गरेपनि अस्वीकार पछि शर्मा र सिद्दिकीको नाम अघि सार्न खोजिएको स्रोतको दाबी छ ।

आइतबारको भेलामा सहभागी सबैजसो दाबेदारले आ–आफ्ना योगदान र योग्यताबारे चर्चा गर्दै उम्मेदवारका रुपमा उभ्याएका थिए । ‘अन्ततः जिल्लाबाट सिफारिसमै पनि सकस भएपछि केन्द्रलाई नै निर्णय गर भन्नुपर्ने स्थिति देखिंदैछ’, का“ग्रेस एक नेता भन्छन्, ‘एकले अर्काको अस्तित्व नै स्वीकार नगरेपछि सकस बढेको हो ।’

लोकतान्त्रिक गाउ पस्यो

नेपाल लोकतान्त्रिक पार्टी बाके पूर्ण रुपमा गाउ केन्द्रित हुने भएको छ । आइतबार भएको पार्टीको पहिलो बिस्तारित बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट, संगठन बिस्तार र कार्यकर्ता परिचालनका लागि गाउ केन्द्रित हुने निर्णय गरेको हो ।

पार्टी जिल्ला अध्यक्ष फुलाराम थारुको अध्यक्षतामा भएको भेलाले जिल्लामा रहेका केन्द्रीय सदस्यहरु समेतलाई गाउपालिका र नगरपालिकामा खटाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय सदस्य हिरालाल लोनियाका अनुसार, जिल्लाका ८ वटै तहमा पार्टीले उम्मेदवारी दिने तयारी थालेको
छ । ‘तालमेलका लागि छलफल हु“दै गर्छ तर एक हप्ता भित्र सम्पूर्ण तहमा वडा स्तरीय समेत संगठन बिस्तार गर्ने निर्णय गरेका छौं’, लोनियाले निर्वाचन अभियानमा पार्टी होमिने निर्णय गरेको जानकारी दिंदै भने ।

अभियानका लागि केन्द्रीय सदस्य लोनियासगै सिद्धि महर्जन र अब्दुल करिम खानले नेपालगन्ज उपमहानगरपालिका, खजुरा र जानकी गाउपालिकाको संगठन बिस्तार कमाण्ड गर्नेछन् । नेपालगन्जका लागि पार्टी उपाध्यक्ष ऋतु शाहीको संयोजकत्वमा २२ सदस्यीय नगर कमिटि पनि गठन गरिएको लोनियाले जानकारी दिए ।

त्यस्तै, बैजनाथ गाउपालिका र कोहलपुर नगरपालिका केन्द्रीय सदस्य सन्तोष राई, राप्तीसोनारी पूर्ण चौधरी र गणेश थारु, डुडुवा हिरालाल लोनिया, नरैनापुर जगदीश बर्मा, धर्म छन्त्याल, फैसल अन्सारी र मिस बाहुलहकले संगठन बिस्तार गर्ने छन् ।

प्रतिक्रिया

प्रतिक्रिया