प्रदेश नं. ६ मा शान्तिपूर्ण सकियो मतदान

प्रदेश नं. ६ मा शान्तिपूर्ण रुपमा स्थानीय निकायको तहको निर्वाचन सकिएको छ ।

हुम्लाको खर्पुनाथ गाउँपालिकामा केही बेर विवादले मतदान स्थगित भएपनि पुनः सूचारु भएको छ थियो । त्यसबाहेक मतदानका क्रममा कुनै तनाव भएन ।

प्रदेश नम्बर ३, ४ र ६ को आज आइतबार ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा मतदान भएको हो ।

निर्वाचनमा २ सय ८३ प्रमुख/उपप्रमुख, २ हजार ५ सय ९२ वडा अध्यक्ष, १० हजार ३ सय ९२ वडा सदस्यका लागि करिब १३ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा छन् ।

६ हजार ६ सय ४२ मतदान केन्द्रमा ४९ लाख २६ हजार ९ सय २५ मतदाताले मतदान गर्दैछन् ।

निर्वाचनको सुरक्षाकालागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरि ६९ हजार ५ सय ५७ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचनकै क्रममा दोलखाको मेलुङ गाउँपालिकामा भएको झडपका क्रममा एकजनाको मृत्यु भएको छ । दुई पार्टीका नेता, कार्यकर्ता एकआपसमा झडप भएपछि झडप रोक्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया