कांग्रेसले बाँकेमा तालमेल नगर्ने

नेपालगन्जन्यूज । नेपाली कांग्रेसले बाँकेमा एक्लै स्थानीय तह निर्वाचन लड्ने तयारी गरेको छ । कांग्रेस बाँकेका सभापति किरण कोइरालाले नेपालगन्जन्यूजसंग भनिन्, हामी बाँकेमा कसैसंग तालमेल गर्दैनौं ।

स्थानीय तह निर्वाचन कांग्रेस एक्लैले जित्न सक्छ । यो शक्ति कांग्रेससंग छ । कांग्रेसलाई बाँकेका जनताको अपार माया र समर्थन छ । यहि समर्थनको बलमा हामीले सजिलै निर्वाचन जित्न सक्छौं ।

सभापति कोइरालाका अनुसार, अहिले कांग्रेस बाँके उम्मेदवारको फाइनल गर्न लागिपरेको छ ।
समय नै किटान गर्न सक्दैनौं, यद्यपी छिटो भन्दा छिटो उम्मेदवारको टुंगो लगाउने छौं । यसका लागि उम्मेदवारहरुको वैयक्तिक विवरण अध्ययन भइरहेको छ ।

संगठन विभाग प्रमुख महेन्द्र मल्ल्लका अनुसार, कांग्रेसले घरदैलो अभियान गरिरहेको छ । उम्मेदवारको नाममा नभई पार्टीलाई भोट दिनुस् भनेर घरदैलो गर्दैछौं ।

तालमेलका सन्दर्भमा उनी भन्छन्, कुनै पनि अलोकतान्त्रिक पार्टीसंग तालमेल हुन सक्दैन । कांग्रेसको बुई चढेर बैतरणी तर्ने सपना कसैले नदेखे हुन्छ । हामी एक्लै चुनाव लड्ने हो ।

प्रतिक्रिया

प्रतिक्रिया