नेपालगन्जमा अनियमित विजुली

नियमित हुन अझै २ /३ लाग्ने

नेपालगन्जन्यूज।
विगत एक हप्ता देखि नेपालगन्जमा विद्युत अनियमित भइरहेको छ । नेपालको सर्वाधिक गर्मी हुने शहर नेपालगन्जमा अहिले तापक्रम ४० को आंकडाको आसपास रहेको छ । गर्मीमा विद्युत नहुँदा नेपालगन्जबासीहरू आहत भएका छन् । पत्रकार जनक नेपाल फेसबुकमा लेख्छन्, देश भनेको काठमाण्डु मात्र हैन भन्दै लेख्छन्, देश हाम्रो पनि हो । एकचालिस डिग्री तापक्रम भएको नेपालगन्जको बिजुली काटेर तिम्रो काठमाण्डु झिलिमिली र लोडसेडिङ मुक्त गनुॅ न्यायिक हो ?

नेपालगन्जमा विद्युत माग पिक अावरमा करिब २२ मेघावाट रहेकाे विद्युत प्राधिकरण नेपालगन्जले जनाएकाे छ । भारतबाट १२ मेघावाट र नेपालकाे ७ मेघावाट अाइरहेकाे छ ।

कोहलपुरको सब स्टेशनको मर्मतको काम भइरहेकोले नेपालगन्जमा विद्युत अनियमित भएको विद्युत प्राधिकरणले बताएको छ ।

कोहलपुर सवस्टेशनबाट ७ मेघावाट सम्म विद्युत आउने गरेको थियो । विगत ५ दिन अगाडि बाट नेपालगन्जमा जम्मा २ मेघावाट मात्र आइरहेको छ । प्राधिकरण नेपालगन्जका प्रमुख उमेश कुमार झांले नेपालगन्जन्यूजसंग
भने ।

मर्मतको काम ३ दिनमा सकिने योजना भए पनि ५ दिन भैसक्दा पनि काम नसकिएको उनले बताए । अबको २/३ दिन मा मर्मत सकिएला । त्यसपछि कोहलपुर सवस्टेशनबाट ६/७ मेघावाट प्राप्त गर्न सकिन्छ । त्यसले नेपालगन्जको भारलाई धान्न सकिन्छ, झाले भने ।

भारतसंग ५ मेघावाटको मात्र सम्झौता भएता पनि १२ मेघावाट आइरहेको र यो नघटने झाले जानकारी दिएका छन् ।

नेपालगन्ज विद्युत प्राधिकरणका अनुसार, नेपालगन्जमा विद्युत चुहावट करिब २० प्रतिशत रहेको छ । यो गतवर्ष करिब २३ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया