बाँके : दुई देशको संयुक्त सुरक्षा गस्ती

नेपाल–भारत सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती सुरु गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर बढाइएको सुरक्षा सतर्कताका क्रममा सीमा क्षेत्रमा संयुक्त गस्ती गरिएको हो ।

नेपालको अनुरोधमा भारत तर्फ समेत गस्ती पेट्रोलिङ्ग बढाएको त्यहा“को सुरक्षा निकायले संयुक्त सुरक्षा गस्तीलाई पनि तिव्रता दिएको सम्बद्ध अधिकारीहरुले बताएका छन् । त्यसो त बेला बेलामा संयुक्त गस्ती गरिंदै आएको छ । ‘तर, नेपालको निर्वाचनलाई मध्यनजर संयुक्त सुरक्षा गस्तीलाई तिव्रता दिन थालिएको छ’, बिहीबार संयुक्त गस्तीमा भेटिएका अधिकारीहरुले भने ।

सीमा अपराध नियन्त्रण र सीमा स्तम्भ रेखदेखका लागि बेला बेलामा संयुक्त सुरक्षा गस्ती हु“दै आएपनि अब आएर आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सुरक्षा रणनीति बनाइएको प्रहरीको भनाइ छ । बिहीबार नेपाल भारत सीमानाको पिल्लर नम्बर २६ देखि ३० सम्म सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयुक्त गस्ती गरेका छन् ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट कालाबञ्जर र सीमा सशस्त्र बल कम्पनी हेडक्वार्टर मुन्शीपूर्वाका १३/१३ जना सुरक्षाकर्मीको टोलीले बिहीबार विहानै देखि संयुक्त गस्ती गरेको बीओपी कालाबञ्जरका सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कुँवरले जानकारी दिए । एसएसबीका इन्स्पेक्टर तेजवन्त सिंहको कमाण्डमा भारतीय सुरक्षाकर्मी र सशस्त्र प्रहरी निरीक्षक कुँवरको नेतृत्वमा सशस्त्र प्रहरीले सीमामा संयुक्त गस्ती गरिएको थियो । ‘निर्वाचनलाई लक्षित गरेर सुरक्षा गस्तीलाई तिव्रता दिन थालिएको छ’, सशस्त्र प्रहरी निरीक्षक कु“वरलाई उद्धृत गर्दै पत्रकार यदुराज मिश्रले दैनिक नेपालगन्जसग भने ।

पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा आइतबार हुने चुनावका लागि बाँकेमा बिशेष सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । सीमावर्ती हु“दै निर्वाचन भएको जिल्लासम्म पनि अवाञ्छित गतिविधि हुन सक्ने सुरक्षा चुनौति औंल्याउ“दै सतर्कता बढाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया