नेपालगन्जमा बुद्ध जयन्ती मनाइयो (भिडियो)

आज बुधबार २५६१औं बुद्ध जयन्ती मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । नेपालको लुम्बिनीमा भगवान् गौतम बुद्धको जन्म भएको थियो ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा रानी वन क्रीडा गर्दै गरेका अवस्थामा लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको बौद्ध ग्रन्थ ललितविस्तर सूत्रमा व्याख्या गरिएको छ ।

राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएका विभिन्न दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्केका थिए ।
ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाकै दिन भगवान् बुद्धले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गरेकाथिए ।

बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । चार आर्य सत्य बुझ्ने व्यक्तिलाई नै बुद्ध
भनिन्छ । गौतम बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिएका छन् जुन आधुनिक समाजमा अझ सान्दर्भिक बन्दै गएको छ ।

बुद्ध जयन्तीको अवसरमा नेपालगन्जमा आज धार्मिक र्याली निकालिएको छ । स्थानीय न्यूरोड स्थित बुद्ध गुम्बा र बागेश्वरी स्थित बौद्ध विहारमा पुजापाठ गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया