भगतराम थारु/नेपालगन्ज
स्थानिय निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई वर्दि विनै ड्युटिमा खटाइएको छ ।
निर्वाचनलाई सुरक्षित तरिकाले सफल पार्नका लागि खटाईएको म्यादी प्रहरीलाई बाँकेमा अझै ड्रेस भने उपलब्ध गराइएको छैन । नेपालगन्जको हरेक चोक चोकमा १ प्रहरी जवानका साथमा २ वटा म्यादी प्रहरी विना वर्दिमा खटाईएको छ ।
विना ड्रेसका म्यादी प्रहरीलाई चोकचोकमा ड्युटिमा परिचालित गरिएको छ । म्यादी प्रहरी एकछिन रिक्सा रोक्न दिन्नन सिटि फुकिहाल्छन, एक अटोरिक्सा चालकले भने । पहिले पहिले यस्तो हुदैनथ्यो अहिले म्यादी प्रहरीलाई ड्युटिमा खटाएपछि बजारको चोक चोकमा एकछिन पनि रिक्सा रोक्न पाईन्न, सवारी उतार्न बसाल्न समेत गाह्रो भएको रिक्सा चालकले गुनासो गरे । चोक चोकमा लठ्ठी समातेर उभिएका म्यादी प्रहरी विना वर्दि यता उता दौडिने को हुन भन्ने समेत चिनिन्न स्थानिय राजकुमार चौधरीले भने ।
सरकारले गरेको निर्णय अनुसार म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था लागु गरेको छ । उनीहरुले ड्रेस भत्ताको रुपमा थप ७ हजार १ सय रुपैयाँ पाउँने व्यवस्था गरेपनि उनिहरुलाई समयमै ड्रेस नदिएरै ड्युटिमा खटाइने गरेको पाइएको छ । स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सरकारले देशभर ७५ हजार म्यादी प्रहरी भर्ना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सरोज पौडेलले भने पहिलो चरणको निर्वाचनका लागि म्यादी प्रहरीका लागि सिलाईएको ड्रेस निर्वाचन क्षेत्रमा पठाईयो र दोश्रो चरणको निर्वाचनको लागि भने केही ड्रेस सिलाई भैरहेको र केही ड्रेस आजै बाँकेमा आइपुग्ने डिएसपी पौडेलले बताउनुभयो । ड्रेस आउने वित्तिकै उनिहरुलाई वितरण गरि ड्युटिमा खटाउने उहाँले बताउनुभयो ।