जिल्ला प्रहरी कार्यालय बाँकेले धार्मिक सद्भावका विषयमा शुक्रबार छलफल गरेको छ ।
मध्य पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्र.ना.म.नि बिजय लाल कायस्थको प्रमुख आतिथ्यतामा प्रहरीले अन्तरधार्मिक तथा सामजिक सदभाव मञ्चका क्षेत्रीय अध्यक्ष तथा हिन्दु धर्मका धर्म गुरु चन्दननाथ योगी, मुस्लिम धर्मका धर्म गुरु जव्वार मन्जरी, क्रिक्ष्चियन धर्मका धर्म गुरु बेन्जामिन श्रेष्ठ, बौद्व धर्मका धर्म गुरु गुन्ज बहादुर लामा, सिख धर्मका धर्म गुरु राजेन्द्र सिह सरदार, बाँके जिल्ला प्रहरी प्रमुख, टेक प्रसाद राईको सहभागिता धार्मिक सद्भावका विषयमा छलफल गरेको हो ।