बैसाख ३१ को चुनावमा दलहरुले एक आपसमा तालमेल गरिरहेका छन् । देशका ४ ठूला महानगरहरुमा प्रमुख दलहरु बीचमा तालमेल भएको हो ।
तालमेलको सन्दर्भमा सामाजिक संजालमा रोचक, घोचक टिप्पणीहरु गरिएका छन् ।
राजनीतिक विचार र मुद्दामा मिल्न नसकिरहेका दलहरुबीचको तालमेललाइ सामाजिक संजालमा दलका शिर्ष नेताहरुको राजनीतिक सिण्डिकेटको रुपमा अथ्र्याइएको छ । पत्रकार शिव दाहाल लेख्छन्, स्थानीय तह निर्वाचनमा कमजाेर कमजाेर दुइ दल कुम जाेडेर बलियाे एक दल पछार्न खाेज्नुलार्इ तालमेल भनिदाे रहेछ ।
स्थानीय तह निर्वाचनमा कमजोर-कमजोर दुई दल कुम जोडेर बलियो एक दल पछार्न खोज्नुलाई तालमेल भनिदो रहेछ !
— ShIvA DaHaL (@dahalshivaji) May 2, 2017
पत्रकार सराेजराज अधिकारी ट्वीट गर्दै भन्छन्, तालमेल गरे महिला खाेज्नै नपर्ने समावेशी लाेकतन्त्र ।
https://twitter.com/SarojrajKtm/status/859372006461984768
पत्रकार गनी अन्सारी मत छ, कार्यकर्ताहरू एक अापसमा नभिडेकै राम्राे हुन्छ ।
आदरणीय न्यायप्रेमी कार्यकर्ताहरु!
केन्द्रमै बसेर तपाईंहरुका महान तथा गौरवशाली नेताहरूले तालमेल गर्ने निर्णय गरिसकेपछि कृपया आपसमा नलड्नुस्।— ग़नी अन्सारी (@GaniAnsarii) May 4, 2017
डिबी खड्का व्यंग्य गर्दै भन्छन्, ठूला पार्टीकाे तालमेल देखेर चाेर्ने बेला मिल्ने र खाने बेला झगडा गर्ने भन्ने भनार्इ याद अायाे ।
ठूला पार्टीको तालमेल देख्दा चोर ‘चोर्ने बेला मिल्छन्, खाने बेला झगडा गर्छन्’ भन्ने भनाई याद आयो ।
— डिबी खड्का (@DBKhadkas) May 4, 2017
पवन राज पाैडेल बुद्धि र विवेककाे तालमेल गर्न अाहवान गर्दै भन्छन्, दल हैन, उम्मेदवार हेराैं ।
https://twitter.com/pawanrajpaudel/status/859934861548638208
तालमेल झेल हुने र राम्रा उम्मेदवार पाखा लाग्न सक्ने बताउछन् शरद राज पाठक ।
चुनावी तालमेल राजनीतिको जालझेल हो।तालमेलको पछि लाग्दा राम्रा उमेदवार पाखा लाग्न सक्छन्।मतदाताले विवेक प्रयोग गर्नुपर्छ,असललाई जिताउन पर्छ।
— Sharad Raj Pathak (@SharadRPathak) May 4, 2017