न कानुन त्रास, न उपभोक्ताको डर (भिडियो)

नेपालगन्जन्यूज/समाचारदाता
घर घरमा अाउने हकर (दूधवाला) मार्फत खुल्ला दुध किन्ने प्रचलन पुरानो हो । पहिले इमान्दारिता थियाे । र दुधमा मिसावट हुदैनथ्याे । अहिले अवस्था फरक छ । उपभोक्ताले चिया पकाउन र  बच्चालाई खुवाउनका लागि फरक फरक दरमा दुध खरिद गर्दै आएका छन् । अर्थात उपभाेक्ताहरू खुल्ला दुधमा भएकाे मिसावटका बारेमा जानकार छन् । तर बाँकेमा सरकारी तवरमा न कुनै कारवाही अघि बढेको छ ।  न कुनै उपभोक्ताले मिसावट युक्त दूध बारे उजुरी दर्ता भएका घटना सार्वजनिक भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँके र क्षेत्रीय खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय नेपालगन्जको अभिलेखमा खुल्ला रुपमा बिक्री हुने दूधमा मिसावट र गुणस्तर बारे कुनै उजुरी दर्ता नभएको पाइएको हो । नेपालगन्जमा खुल्ला दूधको दर रेट १० रुपैया प्रतिलिटर देखि ७० रुपैया प्रतिलिटर पाइएको छ । बाँके हिरमिनियाबाट नेपालगन्जमा खुल्ला दुध बिक्री गर्दै आएका हरिराम यादव भन्छन्, ‘मानिसको आवश्यकता अनुसार दुध दिनु पर्ने हाम्रो बाध्यता छ ।’

‘कसैले ३० रुपैया वाला त कसैले ६० वाला दूध दिनुुस् भन्छन्, अनि कसरी एकै किसिमको दूध बिक्री गर्न सकिन्छ’, यादवले भने, ‘राम्रो दूधको राम्रो रेट छ, पानी मिसाएको त्यसै हिसाबले बिक्री हुन्छ ।

दूधवालालाई कुनै प्रकारको चेकजाँचको सामना गर्नु पर्दैन । ट्राफिक चेकजाँचका बेलामा समेत दूध बिग्रिने डरले प्रहरीले धेरै बेर सवारी साधन रोक्दैनन् । दुधवालाहरू घर घरमा पुगेर दूध बिक्री गर्ने गरेको खुलेआम भेटाउन सकिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया