शुल्क विरुद्ध बाँकेमा विद्यार्थी आन्दोलित

संस्थागत विद्यालयहरुले मनोमानी ढंगले शुल्क वृद्धि गरिरहेको भन्दै विद्यार्थी संगठनहरुले त्यसविरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।

विभिन्न विद्यार्थी संगठनहरुले निजी शैक्षिक संस्थामा ‘ढाड सेक्ने गरी’ शुल्क वृद्धि गरिएको भन्दै आन्दोलनका घोषणा गरेका हुन् ।

अनेरास्ववियु बाँके अध्यक्ष मोहित शाह, नेविसंघका सहसचिव चक्र बहादुर रावत, अखिल क्रान्तिकारी नेकपाका संयोजक मदन चन्द, अखिल क्रान्तिकारी माओवादी केन्द्रका तुल्सीमणि केसीले संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनको घोषणा गरेका हुन् ।

विद्यार्थीहरुले चर्को शुल्क विरुद्ध शुक्रबार जिल्ला शिक्षा कार्यालय घेराउ, बैशाख १७ गते चर्को शुल्क लिने निजी शैक्षिक संस्थाको लेखा र प्रशासन शाखामा तालाबन्दी, बैशाख १८ र १९ गते अनुमति विना सञ्चालित निजी शैक्षिक संस्थामा तालाबन्दी गर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया