आँधी, पानीले गहुुँ बालिमा क्षति

आज आइतबार राती ८ः५० बजेबाट नेपालगन्जमा ठूलो हावाहुरी चलेको छ । हावाहुरी नेपालगन्ज सहित पश्चिम नेपालमा चलेको हो ।

हावाहुरीका कारण सडकमा रहेका पैदल यात्रुहरु विचल्लिमा परेका छन् । बजार, पसल बन्द नभैसकेको अवस्थामा एक्कासी आएको ‘आधी’को कष्ट उठाउनु परेको छ ।

अहिले सडकमा हिड्न सक्ने अवस्था छैन । विद्युत काटिएको छ । आँधीका कारण कतिपय ठाउँको टेलिफोन समेत विच्छेद भएको छ ।

मेघ गर्जन सहित पानी पर्न सुरु गरेको छ । राती साढे १० बजे बर्षा रोकिएको थियो ।

गहुँ काटेर भित्र्याउने समयमा आइतबार साँझ परेको असिना पानीले कृषि बालीमा क्षति पुर्याएको छ ।
जिल्ला कृषि विकास कार्यालय बाँकेका कृषि प्रसार अधिकृत धन बहादुर पुनले असिनाका कारण गहुँ बाली झर्ने र अन्य आप, अरहर, लगायतमा समस्या हुने बताए ।

आइतबार राती पानी परेकोले फिल्ड रिपोर्ट आएपछि मात्र कति प्रतिशत क्षति भएको बारे यकिन भन्न सकिने उनले जानकारी दिए ।

बाँके भित्र अहिले गहुँबाली भित्र्याउने क्रम जारी रहेको कृषि कार्यालयले जनाएको छ । आज सोमवार जिल्लामा भएको कृषि क्षति बारे अनुगमन गरिने अधिकृत पुनले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया