राष्ट्रिय क्रिकेट : मध्यपश्चिम उपविजेता

राष्ट्रिय क्रिकेट प्रतियोगितामा मध्यपश्चिमको टिम द्धितिय हुन सफल भएको छ ।

शुक्रबार बि.वि. अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको फाईनल खेलमा महेन्द्रनगर क्रिकेट एकेडेमीसँग झिनो स्कोरले पराजित हुँदै मध्यपश्चिमले दोस्रो स्थानमा चित्त बुझाएको हो । उपविजेता भएसँगै मध्यपश्चिमले नगद रु. १ लाख हात पारेको छ भने बिजेता हुन सफल महेन्द्रनगर क्रिकेट एकेडेमीले ट्रफि सहित १ लाख ५० हजार नगद हात पारेको छ ।

सबै खेलमा उत्कृष्ट नतिजा निकाल्न सफल मध्यपश्चिमले प्रतियोगिता अवधिभर २६ टिमलाई पछि पार्दै फाईनलको यात्रा तय गरेको थियो । सबै खेलमा जित निकाल्न सफल मध्यपश्चिमको ट्रफि उचाल्ने सपना भने अधुरो नै रह्यो । खेलाडीहरुले प्रदर्शनबाट खुसी भएका टिम प्रशिक्षक नितेष विष्टले द्धितिय स्थान हासिल गर्नु टुलै उपलब्धी रहेको बताएका छन ।

“मोफसलबाट राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भई उप विजेता हुन पाउनु हाम्रो लागी गर्वको कुरा हो”, विष्टले
भने “आगामी दिनका लागि क्लब र खेलाडीहरुको काँधम थप जिम्मेवारी थपिएको हामीले महशुस गरेका छौं ।”

आफुहरुको कडा मिहेनत र सबैको सहयोगका कारण राम्रो प्रदर्शन गर्न सफल भएको उल्लेख गर्दै टिम ब्यवस्थापक होमेन्द्र क्षेत्रीले राम्रो अवसर पाएको खण्डमा मोफसलमा समेत राम्रा खेलाडीहरु उत्पादन गर्न सकिने बताए । खेलमैत्री वातावरण तथा खेल मैदानको उचित ब्यवस्था नहुनुका बाबजुत मध्यपश्चिमका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको भन्दै क्षेत्रीले भौतिक पुर्वाधारहरुको विकासले मात्र खेल क्षेत्रको विकास सम्भव भएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया