भारुको फन्दामा दुई नेपाली

भारु सटहीको बार्गेनिङ्ग नमिलेपछि दुई नेपाली प्रहरीको फन्दामा परेका छन् । बिहीबार दिउसो भारतबाट आउदै गरेका दुई नेपालीलाई एक सटही काउन्टरले सुराकी लगाएर प्रहरीको फन्दामा पारेको हो ।

जुम्ला लाम्रा–१ हरिश्चन्द्र डाँगी र रुकुमकोट– १ सुनिता शाहीबाट १४ लाख बढी भारतीय नोट बरादम गरिएपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुराकीका आधारमा सशस्त्र प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाकेमा बुझाएको हो । उनीहरुसग १४ लाख ८ हजार ८० रुपैया बरामद गरिएको जिप्रका बाकेका प्रवक्ता, डिएसपी सरोज पौडेलले जानकारी दिए ।

प्रहरीका अनुसार, २ हजारको ४ सय ३६ थान, ५ सयको ९ सय ८२ थान बरामद गरिएको छ । ‘नेपालमा २ हजार र ५ सयको नोट प्रचलनमा निषेध छ’, डिएसपी पौडेलले दैनिक नेपालगन्जसग भने, ‘विदेशी मुद्रा अपचलन सम्बन्धी कानुनी कारवाही गरिन्छ ।’ उनीहरुसग रु १ सयको ४ सय ४३ थान, ५० को १२ थान, २० को ३ र १० को १२ थान नोट पनि बरामद भएको थियो ।

नियन्त्रणमा परेका दुवैलाई राजश्व अनुसन्धानको जिम्मा लगाइने डिएसपी पौडेलले जानकारी दिए । सम्बद्ध स्रोतका अनुसार, नेपालीहरुलाई भारतमा रोजगारीमा लगाउदै आएका डागी र शाहीले उनीहरुको भुक्तानीका लागि रकम लिएर आएका थिए । ‘जमुनाहमा सटहीका क्रममा कमिशनको कुरा नमिलेपछि सशस्त्रलाई सुराकी गरिएको थियो’, स्रोतले भन्यो ।

प्रतिक्रिया

प्रतिक्रिया