बाके : उम्मेदवार छनोटमै धौ

बैशाख १६ स्थानीय तहको लागि उम्मेदवारी दर्ता गर्ने दिन । तिथि नजिकिंदै छ, तर बाकेका प्रमुख राजनीतिक दलहरुले अझैपनि उम्मेदवारी टुंगो लगाउन सकेका छैनन् ।

मंसिरमा स्थानीय तह घोषणा भएस“गै उम्मेदवार चयनका लागि जुटेका दलहरुले पा“च महिना बितिसक्दा पनि त्यसको टुंगो लगाउन नसकेका हुन् । उम्मेदवारी टुंगो लगाउन नसक्नुको मुख्य कारण २० बर्षपछि स्थानीय तहको निर्वाचन हुन नसकेकाले एकै पदमा धेरै आकांक्षी हुनु रहेको बताउछन् पार्टीका जिम्मेवार पदाधिकारीहरु ।

‘यो स्वभाविक हो’, एमाले बाकेका सचिव रत्न खत्रीले भने, ‘निर्वाचनमा भएको ग्यापले उम्मेदवारहरुको संख्या बढेको हो ।’ खत्रीले बैशाख १२ गतेभित्र सबै उम्मेदवार घोषणा हुने बताए ।

पार्टी सम्बद्ध स्रोतका अनुसार, दैनिकजसो उम्मेदवारी टुंग्याउन राजनीतिक दलका नेताहरु व्यस्त रहेपनि उम्मेदवार छनोटको सहमतिमा पुग्न सकेका छैनन् । नेपाली काग्रेस र नेकपा एमालेलाई उम्मेदवार छनोटमा समस्या परिरहेको छ । दुवैले बाकेको कुनै तहमा उम्मेदवारी घोषणा गर्न सकेका छैनन् ।

‘उम्मेदवारी दाबी गर्नेहरुले आफु निकट रहेका नेताहरुलाई आफ्नो पक्षमा निर्णय लिन दबाब दिंदा पनि दलहरुले निर्णय लिन नसकेका हुन्’, एमालेका एक नेताले भने ।

नेकपा एमालेले उम्मेदवारहरुको ‘सर्ट लिष्टिङ्ग’ गर्न सम्बन्धित कमिटिले नै सर्वसम्मत वा बढीमा तीन उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दियो । सो अनुसार, तीन/तीन उम्मेदवार सिफारिस पनि भैसकेका छन् । तर, पार्टीले त्यसलाई अझै टुंग्याउन सकेको छैन ।

दलहरु भित्रै रहेको गुट, उपगुट, सम्भावित उम्मेदवारहरुको दबाबका कारण कसलाई बनाउने भनेर माथापच्ची गर्दै नेताहरुको दिन बितिरहेको छ । ‘आज/भोलिमै सार्वजनिक हुन्छ’, कहिले उम्मेदवारी घोषणा हुन्छ भन्ने प्रश्नमा सबै दलका नेताहरुको एउटै रेडिमेड जवाफ दिन्छन् ।

नेपाली काग्रेस बाकेमा नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख÷उपप्रमुख पदका लागि दर्जन आकांक्षी छन् । काग्रेस बाके सचिव तप्त पौडेलले लोकतान्त्रिक विधिबाट उम्मेदवारीको टुंगो लगाइने भएकाले कुनै समस्या नरहेको दाबी गर्छन् । ‘वडा, नगर, क्षेत्रको सहभागिता र निर्णय प्रक्रियाले गर्दा उम्मेदवारी टुङ्ग्याउन ढिलो भएको हो’, उनले भने, ‘जनताले चाहेको व्यक्ति उम्मेदवार बनाउछौं, त्यसका लागि कुनै समस्या छैन ।’

माओवादी केन्द्रले भने कोहलपुर नगरपालिकाका सबै पदमा उम्मेदवार सार्वजनिक गरिसकेको छ । माओवादी केन्द्रका बाके इन्चार्ज आइपी खरेलले एकै पदका लागि धेरै दाबी गरेपनि सहमतिमा कोहलपुरमा उम्मेदवारी घोषणा भैसकेको जानकारी दिए । उनले नेपालगन्ज उपमहानगर तथा गाउपालिकाको पनि आज शुक्रबार उम्मेदवारी टुंगो लगाउने जानकारी दिए ।

राप्रपाले नेपालगन्जमा प्रमुख पदका लागि पार्टीका महामन्त्री समेत रहेका पूर्व मेयर धवल समशेर राणालाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । उम्मेदवारी टुंग्याउने काम अन्तिम चरणमा रहेको जानकारी दिंदै राप्रपाका युवा नेता ऋषि देवकोटाले भने, ‘बाकी पदका लागि पनि १/२ दिनमा टुंगो लाग्छ ।’

नेपाली काग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख पदमा निजामुद्दिन सिद्धिकी, डा. सुरेश कुमार कनोडिया, लक्ष्मी नारायण शाह, सुदिप नरसिंह राणा, राजु थापा, आशा सिंह राठौर, अच्युत प्रसाई, प्रशान्त विष्ट, सुरेन्द्र बहादुर हमाल, मो. कादिर जोलाहा, निरंजन सिंह सिजापति, रमेश गुप्ताले उम्मेदवारी दाबी गरेको पार्टी नेता उमा थापाले जानकारी दिइन् ।

काग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकामा उपप्रमुख पदका लागि दिक्षा कोइराला, भारती जोशी, नारायणी रुपाखेती, ऋचा द्विवेदी, माया पुनमगर, कमला भट्ट, रत्न राणा, फैयाज अली अन्सारी, उमा थापा, पुतला शुक्ला (पुष्पा)ले दाबी गरेका हुन् ।

नेकपा एमालेबाट नेपालगन्ज उप–महानगरपालिका प्रमुखका लागि पूर्व उपमेयर समसुद्धिन सिद्धिकी, विजय गुप्ता र दत्तप्रसाद आचार्यको नाम सिफारिस भएको छ । उपमेयरका लागि शान्ति ढकाल, तुल्सा थापा र रचना श्रेष्ठको नाम सिफारिस भएको छ । त्यस्तै, कोहलपुर नगरपालिकाको नगर प्रमुखका लागि लुटबहादुर रावत, खिलप्रसाद र भुषाल बसन्ती अधिकारी र उपप्रमुखका लागि कृष्ण चौधरी, मन्जु कोइराला र फरेन थारुको सिफारिस भएको एमाले बाकेले जानकारी दिएको छ ।

माओवादी केन्द्रले कोहलपुर नगरपालिकामा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेलाई मेयर र देबि थारु उपमेयरको उम्मेदवार घोषणा गरिसकेको छ । माओवादी केन्द्र इन्चार्ज खरेलले दामोदर आचार्य र अतहर हुसेन मध्ये एक जना नेपालगन्जको उपमहानगरपालिका प्रमुख र पार्वती पुन उषा, सबनम अन्सारी मध्ये एक उपप्रमुखको उम्मेदवार बनाइने जानकारी दिए ।

सम्भावितलाई प्रचारमा समस्या

स्थानीय तहको निर्वाचन घोषणासगै दलहरु संगठन बिस्तार, गठन, पार्टी प्रवेश, संविधान कार्यान्वयन लगायतका विषयलाई लिएर जनताको घरदैलोमा पुगे । जसले निर्वाचनको माहोल पनि बनाएको छ ।

तर, उम्मेदवारीको टुंगो नलाग्दा सम्भावित उम्मेदवारहरु खुलेर निर्वाचन प्रचारमा जुट्न सकेका छैनन् । ‘नाम टुंगो नलगाइदा समस्यामा छौं’, नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख पदको उम्मेदवारी दाबी गर्दै प्रचारमा जुटेका एक नेताले भने, ‘कहिलेबाट खुलेर प्रचार सुरु गर्ने ?’

उम्मेदवारी घोषणा ढिलो भएपनि स्थानीय तहको निर्वाचनको लागि भने दलहरुले घरदैलोमा पुगिरहेका छन् । सम्भावित उम्मेदवारहरु पनि घरदैलो अभियानमा छन् । ‘उम्मेदवारी पाउने शंका भएपनि प्रचारमा जुटेका हौं’, प्रचारमा जुटेका एक सम्भावित उम्मेदवारले भने ।

‘हामी त मंसिर देखिनै जनताको घरदैलोमा नै छौं’, एमाले सचिव खत्रीले भने, ‘उम्मेदवारी घोषणामा ढिलाईले पार्टीको प्रचारमा कुनै असर पर्दैन ।’

प्रतिक्रिया

प्रतिक्रिया