एमालेले छनौट गर्यो बाँकेमा उम्मेदवार

नेकपा एमालेका तर्फबाट स्थानीय तहका प्रमुखहरुको टुंगो लगभग लागिसकेको एमाले बाँकेको उच्च श्रोतले बताएको छ ।

उम्मेदवारी छनौटका लागि आज बैसाख ३ गते सबै स्थानीय तह कमिटिहरुको बैठक छुटाछुटै बस्ने भएको हो ।
बैठकले प्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्ष र वडा अध्यक्ष तथा सदस्यहरुको नाम सिफारिस गरी जिल्ला कमिटिमा पठाउने छ ।

सहमती नभएमा एक महिला सहित ३ जनाको नाम सिफारिस गरि पठाउन सकिने एमालेले जनाएको छ ।
जिल्ला स्थित एमाले उच्च श्रोतका अनुसार, नरैनापुर गाउँपालिकाबाट विक्रम यादव, राप्ती सोनारी गाउँपालिकाबाट रामदास थारु र तुलसीराम थारु, कोहलपुर नगरपालिकाबाट लुटबहादुर रावतको नाम निश्चित सिफारिस हुदैछ ।

यसैगरी बैजनाथ गाउँपालिकाबाट मान बहादुर रुचाल, नेपालगन्जबाट शम्शुद्दिन सिद्दिकी, डुडुवा गाउँपालिकाबाट शकिल अहमद खाँ र कप्तान पाठक, जानकी गाउँपालिकाबाट पदम धिताल र खजुरा गाउँपालिकाबाट होमनाथ सापकोटा निश्चित सिफारिस हुनेमा पर्दछन् ।

प्रतिक्रिया

प्रतिक्रिया