नेपालगन्जको सदरलाइनमा आगलागी

नेपालगन्जको व्यस्त बजार सदरलाइनमा शनिबार आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, सदरलाइन स्थित सोनु टेलरमा आगलागी भएको हो । आगलागीबाट २ लाख बराबरको क्षति भएको छ ।

विद्युत सर्ट हुँदा आगोलागी भएको प्रहरीले जनाएको छ । स्थानीयबासी, प्रहरीको सहयोगमा तत्कालै आगो नियन्त्रणमा लिइएकाले अन्य पसलमा भने क्षति हुन पाएन ।

प्रतिक्रिया

प्रतिक्रिया