कोहलपुरबाट एनटिभिको क्षेत्रीय प्रसारण सुरु

-रविन्द्र सिंह ठकुरी

कोहलपुर, (बाँके) १ वैशाख । नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रको नियमित प्रसारण आजबाट सुरु भएको
छ । नेपाल सरकारका सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीले एक समारोहका बिच नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रको नियमित प्रसारणको आज शुभारम्भ गरे ।

टेलिभिजनको नियमित शुभारम्भको उद्घाटन गर्दै सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले नेपाल टेलिभिजनले स्थानिय निजि टेलिभिजनसंग प्रतिस्पर्धा नगर्ने बताए । उनले निजि स्तरबाट चलेका टेलिभिजनसंग प्रतिस्पर्धा नगरी समाजमा रहेका कुरीति, कु संस्कारका विरुद्ध र सकरात्मक समाचार प्रशारण गर्नुपर्ने बताए ।

कोहलपुरमा आजबाट नियमित प्रशारण गरेको टेलिभिजनले यस क्षेत्रको धर्म , संस्कती , रिती रिवाज र परम्परालाइ समेटेर समाचार तथा कार्यक्रम उत्पादन तथा प्रशारण गर्नुपर्ने उनको भनाइ छ । उहाँले निजि सञ्चार माध्यमले क्रिम, पाउडरका कुरा गर्ने तर नेपाल टेलिभिजनले ती क्रिम, पाउडर बनाउनेहरुका बारेमा बोल्ने बताए ।

चाउचाउ खाने स्वाद पल्केकालाइ लिटो मन नपर्ने भएकाले लिटोलाइ पनि स्वादिलो बनाउएर पस्कन सके त्यो सबैले रुचाउने भएकाले टेलिभिजनका सामग्रीहरु सबैलाइ समेटेर सहभागी गराएर प्रशारण गर्न नेपाल टेलिभिजनलाइ हेर्ने दर्शक स्वत बढ्ने उनकाे भनाइ छ । कर्णालीका ग्रामिण क्षेत्रमा गएर जनताका विचारहरु , समस्याहरु र सकरात्मक कुराहरु संगै कृषिका विषयहरुलाइ कोहलपुर प्रशारण केन्द्रले खोजेर प्रशारण गर्न आग्रह गरे ।

सोहि कार्यक्रममा बोल्दै नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोकाले १२ , १३ वर्ष सम्म बन्द भएको कोहलपुर टेलिभिजनलाइ पुन नियमित प्रशारण गर्न पाउँदा हर्षित भएको भन्दै यसको प्रशारणमा स्थानियबासीले सहयोग गर्नुपर्ने बताए । उनले भने ,  सिंहदरबारमा मात्रै सिमित भएको सरकार अहिले गाउँगाउँमा आए जस्तै सिंहदरबारमै केन्द्रित रहेको नेपाल टेलिभिजन पुन जनताको घरआगनमा आएको छ ।

यो तपाइहरुकै टेलिभिजन हो । ” विगतमा कोहलपुरमा उत्पादन हुने कार्यक्रमहरुले राष्ट्रिय चर्चा बटुलेकाले यसले नयाँ प्रविधी सहित विशेष रिले बाहेक २४ सै घण्टा स्थानिय प्रशारण गर्ने र राम्रो काम गर्ने अपेक्षा समेत आफुहरुले लिएको महाप्रबन्धक रोकाको भनाइ छ ।

नेपाल टेलिभिजन कार्यकारी अध्यक्ष महेश्वर दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी , नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रका प्रमुख विजय वर्मा ,जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख टेक प्रसाद राइ , विभिन्न राजनितिक दलका प्रतिनिधि , पत्रकार , स्थानियबासी लगायतको सहभागीता रहेको थियो ।

२०५२ सालबाट क्षेत्रिय प्रशारणका रुपमा सञ्चालन भएको कोहलपुर टेलिभिजन ससस्त्र द्वन्द्वका समयमा तत्कालिन विद्रोहि पक्ष माओवादीको आक्रमणबाट २०६१ साल चैत्र १३ गतेबाट बन्द रहेको थियो ।

आजबाट नियमित शुभारम्भ भएको टेलिभिजनले हाल दैनिक ५ घण्टा कोहलपुरबाट प्रशारण गर्ने नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रका प्रमुख विजय वर्माले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया