सकियो नेपालगन्ज महोत्सव

५० हजारको उपाधि ‘घट्टो’लाई

नेपालगंज फिल्म फेस्भिटलको उपाधि ‘घट्टो’ले हात पार्न सफल भएको छ । ‘घट्टो’ ले ५० हजार राशी रहेको पहिलो पुरस्कार प्राप्त गर्न सफल भएको ।

प्राविधक शिक्षासँग सम्बन्धित रहेको सो सर्ट फिल्म भक्तपुरका अनिस भण्डारीको निर्देशनले तयार पारेका हुन् । त्यस्तै ३५ हजार सहित द्वितीय पुरस्कार गढिमाइ मेलासँग सम्बन्धित सर्ट फिल्म ‘मेला’ले हात पार्न सफल भएको छ । पशु बलिसँग सम्बन्धित रहेको सो सर्ट फिल्म रघुवर नेपाल र शिवरण कोइरालाले तयार पारेका हुन ।

त्यस्तै २५ हजार सहित तृतीय पुरस्कार ओभास शाक्यले तयार पारेका सर्ट फिल्म ‘कालो गुँरास’ले पाएको छ । सो प्रतियोगितामा २५ हजार सहित स्पेसल अवार्ड देवकी विष्टले तयार पारेको ‘देवकी’ नामक सर्ट फिल्म र स्पेसल मेन्सन अवार्ड विष्णु कल्पितले तयार पारेको ‘सवारी’ नामक सर्ट फिल्मले हात पार्न सफल भएको छ ।

फिल्म फेस्टिभलमा देश र विदेशका गरि २० भन्दा बढि सर्ट फिल्महरु छनौटमा परेको आयोजकले बताएको छ । नेपाल लगायत भारत, स्पेन, अमेरिका, भनेजुयला, बंगलादेश, बुल्गेरिया, नर्वे, ब्राजिल, साउथ कोरिया, पाकिस्तान, क्यानडा, इजिप्त लगायत दजर्न बढि देशहरुको सहभागिता रहेको थियो ।

फेस्टिभलको निर्णायकमा फिल्म निर्देशक नवीन सुब्बा, फिल्म मेकर अनुप सुवेदी र साहित्यकार नयनराज पाण्डे रहेका छन् । दोस्रो अन्र्तराष्ट्रिय फिल्म फेस्टिभल सोचेभन्दा बढि सफल भएको फिल्म फेस्टिभलका डाइरेक्टर नन्द देवकोटाले बताए ।

फिल्म फेस्टिभलमा ‘देवकी’, ‘डोम समाज’, ‘द हेमस्टर व्हील रिविलियन’, ‘फिप्टी रुपिज ओन्ली’, ‘मेला’, ‘घट्टो’, ‘नर्मल’, ‘बबिया’ र ‘द सन’, ‘इट्स क्वाइट बाइ द रिभर’, ‘स्न्याक टाइम’, ‘अ गुड सन’, ‘मिसन साफर हाउस’, ‘एडुकेसनल स्टिक’, ‘सवारी’, ‘फिका भर्सेस फिका’, ‘आलिया’, ‘जजमन्ट’, ‘विन्ट्री स्प्रिङ’, ‘कम्युनिटी बेस्ड रेडपान्डा कन्जरभेसन’, ‘कालो गुँरास’, ‘कामी नाँच’, ‘अलाइभ बाइ लक’ लगायतका डकुमेन्ट्री फिल्महरु छनौटमा परेको आयोजकले बताएको छ ।

नेपालगंजललाई कला, साहित्य, संस्कृति लगायत सबै पक्षबाट चिनाउन आयोजना गरिएको साहित्य तथा फिल्म फेस्टिभलमा आजदेखि फिल्म महोत्वस सुरु गरिएको कार्यक्रम साहित्य महोत्सवका डाइरेक्टर जनक नेपालले बताए । २५ गतेदेखि संचालन भएको फेस्टिभलमा २९ गतेसम्म विभिन्न किसिमका खेल तथा साहित्यिका विविध कार्यक्रमहरु सम्पन्न भएका छन् ।

फिल्म फेस्टिभलका प्रमुख अतिथि तथा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले यस्ता फिल्महरुले समाजको यथार्थ चित्रण गरेको र यस्ता फिल्महरुले सामाजिक समस्याहरुलाई बाहिर ल्याएको समेत बताए ।

साइक्लिङ प्रतियोगिता, डक व्यूटि प्रतियोगिता सम्पन्न हुनका साथै साहित्य, राजनीति तथा समसामयिक कुराहरुमाथिको बहस कार्यक्रमहरु एकदमै सफलताका साथ सम्पन्न भएको र अर्कोपटक पनि यस्तै महोत्सव गर्न उर्जा मिलेको फेस्तिभलका अध्यक्ष टि.एस. ठकुरीले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया