निजी क्षेत्रको नेतृत्वदायी संस्था, नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा भवानी राणा निर्वाचित भएकी छन् ।
महासंघको संशोधित विधानले वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने गरिएको व्यवस्था अनुसार मंगलबार भएको महाधिवेशनबाट राणा अध्यक्ष भएकी हुन् । वरिष्ठ उपाध्यक्षका लागि भने निकै प्रतिस्र्धा भएको छ । दुई प्यानलबीच भएको प्रतिस्पर्धाबाट शेखर गोल्छा निर्वाचित भएका छन् ।
नेपालगन्जबाट कृष्ण प्रसाद श्रेष्ठ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । श्रेष्ठलाई नेपालगन्ज उद्योग वाणिज्य संघले सर्वसम्मत रुपमा केन्द्रीय सदस्य पदका लागि प्रस्ताव गरेको थियो ।