बाँकेको फत्तेपुरमा आगलागी (तस्वीर सहित)

प्रज्वलनशील प्रदार्थ उचित रुपले रखरखाव नगर्दा ठूलै विपत्ती उत्पन्न गर्ने सम्भावना आइतबार फत्तेपुरको आगलागीले प्रमाणित गरेको छ ।

बच्चाको हातमा लागेको लाइटर सल्किँदा राप्ती सोनारी गाउँपालिका वडा नं.७ फत्तेपुर स्थित वसन्तापुरमा भएको आगलागीमा ८ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनामा थुपारिएर राखिएको १० का जग्गामा लगाएको गहुँ बाली समेत जलेको छ ।

इप्रका भगवानपुरबाट प्रहरी नायब निरीक्षकको कामाण्डमा १९ जना प्रहरी, इप्रका गंगापुरबाट सहायक प्रहरी निरीक्षक भुपेन्द्र बानियाको कमाण्डमा खटिएको १२ जना जना प्रहरी, स्थानीयबासीको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले आगलागीमा १७ लाख ६१ हजार बराबरको धनमाल जलेर नष्ट भएको जानकारी दिएको छ ।

त्यस्तै आइतबारै जानकी गाउँपालिका बनियागाउँमा रामकृष्ण काँदुको काटेर थुपारेको गहुँमा आगो लाग्दा ४ क्वीन्टल गहुँ जलेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार फत्तेपुर–७ मा कुन्नि चौधरीको गोठमा समेत आगो लागेको प्रहरीले जनाएको छ । आगलागीमा २५ हजार बढीको धनमाल नष्ट भएको जानकारी दिंदै प्रहरीले आगो स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिएको बताएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया