मधेसी मोर्चाले स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।
मधेसी मोर्चा बाँकेको आज बिहीबार बसेको बैठकले संविधान संशोधन विना स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गर्दै बैशाख पहिलो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको हो ।
मोर्चा बाँकेका संयोजक विजय गुप्ताको अध्यक्षतामा बसेको बैठकले चैत्र मसान्तसम्म माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।
बैठक पछि जारी विज्ञप्तिमा भनिएको छ, सरकारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको माँगलाई वेवास्ता गर्दै संविधान संशोधन विना नै हतियारको दम्भमा स्थानीय तहको निर्वाचन गराउन उद्दत रहेको छ ।
मोर्चाको विज्ञप्तिमा आन्दोलनमा आम जनसहभागिता गराउने र आन्दोलनको आँधी बेहेरी ल्याउनको लागि बाँके जिल्लाको प्रत्येक गाबिस, नगर, वडामा आन्दोलन परिचालन समिति गठन, पुर्नगठन गरी आन्दोलनको तयारी गर्ने निर्णय भएको उल्लेख छ ।
आन्दोलन तयारीका लागि मोर्चाका नेताहरु क्रमशः बदरुदुजा खाँ, मुनव्वर अली हलवाई, राज किशोर मिश्रको संयोजकत्व रहने गरी आन्दोलन परिचालन गठन उपसमिति बनाइएको विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।