नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का स्थानीयवासीले प्रहरी पोष्टका लागि आर्थिक साझेदारी गरेका छन् । नेपालगन्ज– कोहलपुर सडकखण्डको राझा चोकमा प्रहरी पोष्टका लागि स्थानीय सरकारसँग जनताले साझेदारी गरेका हुन् ।

नव निर्मित प्रहरी पोष्ट भवनको बुधवार बिहान उद्घाटन गरिएको छ । जिल्ला प्रहरी प्रमुख ओम बहादुर रानाले प्रहरी पोष्टको उद्घाटन गरे । प्रहरी पोष्टका लागि स्थानीयबासीले चार लाख पचास हजार सहयोग गरेका हुन् । छ लाख पचास हजारको लागतमा नवनिर्मित प्रहरी भवन निर्माणको लागि वडा नम्बर २० वडा कार्यालयको दुई लाख रुपिया अनुदान छ ।
दाताहरुको तर्फबाट बोल्दै डा.कुमार शान शाहले प्रहरी भवन निर्माण कार्यको लागि सहयोग गर्न पाउदा खुशी व्यक्त गरे । स्थानीय सुरेन्द्र भाटले ३२ हजार, डा. शाहले २० हजार लगायत २९ जना दाताहरुको सहयोगले भवन निर्माण पुरा गरिएको वडाध्यक्ष कृष्ण कार्कीले जानकारी दिए ।
कार्यक्रममा बासका अध्यक्ष रमेश सिटौला,कोहलपुर ई.प्र.का.का प्रहरी प्रमुख,कप्तान कृषि फर्मका सञ्चालक डा.कुमार शान शाह लगाएत बिभिन्न राजनितिक दलका प्रतिनिधि,संघ संस्थाका पदाधिकारी र स्थानियहरुको उपस्थिति रहेको थियो ।