आज २४ जना संक्रमित घर फर्किए

बाँकेमा आज विहीवार २४ जना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, योसँगै बाँकेमा निको हुने संक्रमितको संख्या ७ सय ८३ पुगेको छ । बाँकेमा ंक्रमित संख्या १ हजार ९५ छ ।


बुधबार थप १३ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए । ७ जना पुरुष र ६ जना महिला डिस्चार्ज भएका हुन् । होटल अतिथिको आइसोलेसनबाट ५, भेरी अस्पतालको आइसोलेसनबाट ४, खजुराको कृषि तालिम केन्द्रबाट २, क्यान्सर अस्पताल खजुरा र बैजनाथको बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रबाट एक एक जना डिस्चार्ज भएका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया