डुडुवामा राहतलाई २५ लाख ५०

बाँकेको डुडुवा गाउँपालिकाले राहत वितरणका लागि खरिद गरिएको खाद्यान्न सामाग्रीको विवरण तथा कुल बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनको घोषणापछि अति विपन्न परिवारलाई वितरण गर्न गाउँपालिकाले बजेट छुट्टाएको थियो ।
गाउँपालिकाले छुट्टाएको रु १५ लाख ५० हजार र प्रदेश सरकारबाट प्राप्त रु १० लाख गरि जम्मा रु २५ लाख ५० हजार विपन्न परिवारलाई राहत वितरणका लागि बजेट रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए । उनका अनुसार, पहिलो चरणमा रु १४ लाख ७७ हजार ४८० बराबरको खाद्यान्न सामाग्री खरिद गरि स्टक गरिएको छ ।
पहिलो चरणको खाद्यान्न वितरण सकिएपछि मात्रै दोस्रो चरणको राहत खरिद गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकासंग अहिलेसम्म रु १० लाख ७२ हजार ५२० कोषमा जम्मा रहेको छ भने संघिय सरकारले करिब रु १० लाख उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । यो खाद्यान्नले करिब १ हजार ३०० घरपरिवारलाई पुग्ने छ ।

प्रतिक्रिया

प्रतिक्रिया