कोहलपुरमा एनएमबीको राहत सहयोग


बाँकेको कोहलपुरस्थित एन एम बि बैंक लिमिटेडले कोहलपुर नगरपालिकाको कार्यालयलाई खाद्यान्न सहितको राहत सहयोग उपलब्ध गराएको जनाएको छ । कोभिड १९ कोरोना भाइरसले गर्दा जोखिम न्यूनीकरण गर्नका लागि नेपाल सरकारले लगाएको लकडाउनको कारणले ज्यालादारी गरि खाने अतिबिपन्न घरपरिवारहरुको छाक टार्नमा मद्दत पुर्याउनका लागि राहत उपलब्ध गराइएको हो ।

ज्यालादारी गरि खाने अतिबिपन्न घरपरिवारलाई कोरोनाको कहरबाट छाक टार्न धौधौ भएका बेला दामासाहीको रूपमा चामल, दाल, तेल र नुन गरि राहत स्वरुप उपलब्ध गराउन स्थानीय सरकारलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ । खाद्यान्न सामग्री कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत र प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र देव भारतीलाई बैंक कोहलपुर शाखा अपरेसन इन्चार्ज रबि केसी र कर्जा अधिकृत खगेन्द्र भाटले हस्तान्तरण गरेका थिए ।

शाखाका अपरेसन इन्चार्ज रबि केसीले लकडाउन लम्बिंदै गएपछि ज्यालादारी र अतिविपन्न परिवारलाई दिनरातको छाक टार्न पनि धौधौ अवस्थामा बैंकले सामाजिक दायित्व र मानवीय कार्य अन्तरगत राहत उपलब्ध गराएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया