स्वास्थ्य जाँच गर्दै घर पठाइँदै

क्वारेन्टाइनमा राखिएकाहरुको आवश्यक परीक्षण अवधि सकिएपछि घर पठाइँदा
स्वास्थ्य जाँच (र्यापिड टेष्ट) गरिएको छ । बाँकेको खजुरा गाउँपालिकाले सञ्चालन गरेको मैटहवा माविको क्वारेन्टाइनमा रहेकाहरुलाई पनि र्यापिड टेष्ट गरि पठाइएको हो ।
सोमवारमात्र मैटहवाबाट ४ जनालाई घरमा जानु अघि र्यापिड टेस्ट गरेर मात्र घर पठाइएको छ । खजुरा गाउँपालिका नर्सिङ अफिसर लक्ष्मी केसीले उनीहरू ४ जनाकै रिपोर्ट नेगेटिभ देखिएपछि घर पठाइएको जानकारी दिइन् । खजुरापछि सोही टीमले जानकी गाउँपालिकामा पुगेर २ जनाको टेस्ट गरेको थियो । केसीका अनुसार, राधापुर स्वास्थ्य चौकीमा कार्यरत ल्याव असिस्टेन्ट मेलिना मल्लले तालिमपछि कोरोनाको जाँच र्यापिड डाइग्नोस्टिक कीट द्रुत मेसिनले गर्ने गरेको केसीले बताइन् ।

प्रतिक्रिया

प्रतिक्रिया