किस्मत कुमार कक्षपति ,अध्यक्ष
खजुरा गाउँपालिका, बाँके
खजुराको विकास कसरी अगाडि बढ्दैछ ?
खजुरा गाउँपालिका क्षेत्रभित्र पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, शैक्षिक विकासलगायत थुप्रै विकास तीव्र गतिमा अगाडि बढिरहेको छ । विकासमा सबैको सहभागिता एउटा महत्वपूर्ण कुरा हो । त्यसैले हामीले सबै खजुराबासीको विकासमा अपनत्व ग्रहण गर्ने दिशामा पनि अगाडि बढिरहेका छौं ।
जनप्रतिनिधि आएको पहिलो वर्ष ऐन कानुन निर्माणमा खर्च गरे पनि त्यसपछिका वर्षबाट हामी योजनावद्ध रुपमा विकास निर्माणमा जुटिरहेका छौं । पूर्वाधार विकासतर्फ सडक कालोपत्रे, बहुउद्देश्शीय सभाहल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । गौरबका योजना र अन्य साना ठूला योजनामार्फत खज’राको विकासलाई अगाडि बढाइएको छ । २०२० देखि खजुरालाई व्यवस्थित शहरका रुपमा विकास गर्ने उद्देश्यका साथ ग्रीन सिटीको पाइलट प्रोजेक्ट पनि अगाडि बढ्दैछ । शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रको विकासमा पनि गाउँपालिका उत्तिकै लागेको छ । जनतासंग गाउँपालिका प्रमुख कार्यक्रम पनि लागु गरिएको छ । विभिन्न विषयगत शाखाहरुलाई चलायमान गराउँदै खजुराको समग्र विकासमा हामी अगाडि बढ्दैछौं । खजुराको विकास र समृद्धिमा थप टेवा पु¥याउन हामी यतिबेला बृहत खजुरा सम्मेलन गर्दैछौं ।
खजुरा विकास योजनाभित्र यो सम्मेलनको के अर्थ छ ?
सर्वप्रथम विकासमा सबैको सहभागिता अपरिहार्य कुरा हो । खजुरामा जन्मिएर, शिक्षा हासिल गरेर देश विदेशमा रहने खजुरेली मात्र नभई खजुरा क्षेत्रभित्रै विभिन्न पेशा र व्यवसायमा लागिरहेका वौद्धिक सर्कलबाट खजुराको विकास र समृद्धिका लागि नीतिगत तहका साथै विकासका योजना अगाडि बढाउँदा एउटा मार्ग निर्देश हुने खुराक खजुरा सम्मेलनले दिनेछ । खजुराका हरेक नागरिक खज’राको विकासमा लाग्नु पर्छ भन्ने भावनाको विकास पनि यो सम्मेलनले गर्नेछ । यसले सबैको भावना समेट्नुका साथै अपनत्व बोध गराउनेछ ।
यो सम्मेलनसंग तपाईका अपेक्षा के हुन् ?
खजुरा गाउँपालिकाले १५ वर्षे अधावधिक योजना निर्माण गर्दैछ । खजुराले निर्माण गर्न गइरहेको गुरुयोजनामा यो सम्मेलनबाट आउने नतिजा कोशेढुंगा सावित हुने विश्वास हामीले लिएका छौं । किनभने एउटा विषय बस्तुमा मात्र नभई खज’राको शिक्षा, स्वास्थ्य, कृषि विकासमा जनसहभागिता, योजनावद्ध विकास, खेलक’द, आर्थिक विकास, समावेशी खजुरालगायतका ९ वटा कार्यपत्र प्रस्तुत हुनेछन् त्यो पनि विषय विज्ञ तथा अभ्यासरत व्यक्तित्वहरुबाट त्यस्तै एक जना विषय विज्ञबाट टिप्पणी र सामूहिक छलफल र अन्तरक्रिया हुनेछ । त्यसकारणले पनि सम्मेलनले खजुरा गाउँपालिकाको विकास र समृद्धिमा टेवा पु¥याउने अपेक्षा हामीले लिएका छौं ।