नेपालगञ्जका मेयरले गरे वाटरपार्कको निरीक्षण

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले सोमबार वाटरपार्कको निर्माण अवस्थाबारी स्थलगत निरीक्षण गरी जानकारी लिनुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता तथा वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल सहित वाटरपार्क पुग्नुभएका प्रमुख डा. राणाले निर्माणको पछिल्लो अवस्थाबारे प्राविधिकसँग जानकारी दिनुभयो । निरीक्षणपछि मेयर राणाले यसैबर्षभित्र वाटरपार्कको निर्माण कार्य सम्पन्न गरी संचालन गर्ने योजना रहेको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष रिजालले ठेकेदार कम्पनीले दशैभित्रै निर्माण कार्य समपन्न गर्ने प्रतिवद्धता जनाएको बताउनुभयो । सो अवसरमा मेयर राणाले नेपालगञ्जमा रानीतलाउ, वाटरपार्क र कान्ति तालको निर्माण सम्पन्न भएपछि पर्यटकीय स्थलको वृद्धिसँगै नगरको सौन्दर्यता पनि बढ्ने बताउनुभयो ।  

प्रतिक्रिया

प्रतिक्रिया