दैलेख/अमर सुनार
भगवतीमाई गाउँपालिका–४ जगनाथकी ज्याेतीकला खत्री ८२ बर्षकी भइन्, उनका श्रीमान् मिनराम खत्री ८४ बर्षको । उनीहरुले ७० बर्षको उमेर पुगेदेखि नियमित रुपमा जेष्ठ नागिरक भत्ता पाइरहेका थिए । असारकाे पिहलाे साता नै सबैकाे घरघरै पुगेर गाउँपालिकाका कर्मचारीले हातहातै भत्ता दिए ।
साउन लागिसक्दा पनि पिन आफुहरुलाई भत्ता किन नदिएको भनेर वडा कार्यलय पुगेपिछ उहाँहरुलाई भत्ता हाेइन, अव कहिल्यै भत्ता नपाउने कागज थमाइयाे । त्यो कागज थियो ‘दम्पितकाे मृत्यू दर्ता’
मृत्यू दर्ता विवरणमा ज्याेतीकला २०७५ चैत्र २५ गते र मिनराम २०७६ बैशाख १० गते मृत्यु भएकाे व्यहाेरा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाले प्रमाणित गरेका छन् । अनलाइनबाट पञ्जिकरण गिरने भएकाेले गाउँपालिकाका सूचना प्रविध अधिकृत देबेन्द्र सिंहले अनलाइन इन्ट्री गरेकाे खुलेकाे छ ।
गएकाे फाल्गुनमा जेष्ठ नागिरक भत्ता खाइवरी जगनाथबाट बर्दियाको बाँसगढी नगरपालिका –९ थमिनया बसाई सराई जान लागेकाे व्यहाेरा खुलाएर गएकाे चैतमा त्याे दम्पितले वडाबाट बसाई सराई माग्याे । इन्टरनेटकाे सुिवधा गाउँपालिका कार्यलयमा मात्र भएकाे कारण बसाई सराई गराई दिन वडा कार्यलयले गाउँपालिकालाई सिफारिस गर्याे ।
त्यही सिफारिसको आधारमा अाधारमा तर सूचना प्रविधि अधिकृत देबेन्द्र सिंहले बसाई सराई देखाउनुपर्नेमा अनलाईनमा इण्ट्री गर्दा मृत्यू दर्ता जनाएका त्यही विवरण तत्कािलन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाले कम्प्यूटरमा ‘अाेके’ थिचेर प्रमाणित गरेे । इण्ट्रीमा गल्ती भएकाे सूचना प्रिविध अधिकारीले स्वीकारे ।
सूचना प्रिविध अिधकृत सिंहले बसाई सराई भर्नु पर्नेमा अनलाईनमा इण्ट्री गर्दा मृत्यू जनाएकाे कारण अहिले पञ्जिकरणको अनलाईनमा सम्बन्धीत ब्यक्ति मिरसकेकाे जनाएपछि अहिले यो विवरण कसरी सच्याउने भन्ने गाउँपालिकालाई टाउकाे दुखाईको विषय बनेकाे छ ।
बसाई सराई दिनुपर्ने लाई मृत्यू दर्ता इण्ट्री कसरी पर्न गयाे यसबारे लिखित स्पष्टीकरण मागिएको र यसमा लापरवाही गर्नेहरुलाई कारबाही गर्ने तयारी भएकाे गाउँपालिका अध्यक्ष दानबहादुर थापाले बताए । खत्री दम्पितकाे विवरण सच्याउन केन्द्रीय पञ्जिकरण विभागमा लेखी पठाइएकाे पनि उनले बताए ।
चैतमा पेश गरेकाे बसाई सराईकाे कागज किन निदएकाे ? अनि असारमा पाउनुपर्ने जेष्ठ नागिरक भत्ता नपाएकाे ? भनेर साेधपुछ गर्दा शुक्रवार मात्र याे कुरा थाहा भएकाे ज्याेतीकलाकी छाेरी नानकला अधिकारीले बताइन् ।
तीन छाेरी र तीन छाेराहरु सबैले बिवाह गरी बाहिरै बस्ने गरेको कारण गाउँमा बस्दै अाउनुभएकाे ज्याेतीकला र मिनरामलाई जेठाे छाेरा पदम खत्रीले आफू संगै बस्ने गरि बर्दिया बोलाएको कारण दम्पतीले बसाई सराई मागेका थिए । त्याे बेला उतै पठाइदिउँला भने तर अहिलेसम्म नपाएपछि बसाई सराई र भत्ता माग्न जाँदा यस्तो भोगिएको नानकलाले जानकारी दिइन् ।
गाउँपालिका अध्यक्ष थापाले विभागबाट विवरण सच्याएर बाँचुञ्जेल नियमित सामाजिक सुरक्षा भत्ता पाइरहने ब्यवस्था गरिने र पिछल्लाे ४ मिहनाकाे भत्ता विवरण गल्ती इण्ट्री गर्ने कर्मचारी लाई तिराउने तयारी भएको बताए ।