आज उम्मेदार टुंगो लाग्दै
डेढ सातादेखि नियमित घरदैलो गरिरहेका डा. सुरेश कुमार कनोडिया बुधबार विहान एक्कासी काठमाडौं पुगे । जुन गतिमा काठमाडौं हानिएका त्यही गतिमा साझ नेपालगन्ज फर्किएका डा. कनोडिया बिहीबार पुनः निर्वाचन प्रचार अभियानलाई लिएर घरदैलोमा सक्रिय छन् ।
‘उदयपुरका करिब १ सय ५० घरमा भेटघाट गरियो’, डा. कनोडियाले अबेर राती दैनिक नेपालगन्ज सग कुरा गरिरहदा केही अगुवा कार्यकर्ताहरुसग शुक्रबारको कार्ययोजना बनाउदै थिए । डेढ साता अघि पनि उनी केही दिन काठमाडौं हानिएका थिए । नेपाली काग्रेस बाकेबाट नेपालगन्ज उपमहानगरपालिकाका लागि प्रमुख र उपप्रमुखका दाबेदारहरु बीचबाट एक/एक जनाको नाम टुंगो लाग्न नसकेपछि सबैको नाम काठमाडौं पुगेको छ । त्यसलगत्तै पार्टी केन्द्रीय कार्यालय र नेताहरुलाई भनसुन गर्न सबैजसो मुख्य दाबेदार काठमाडौं पुगेको सूचना पाएपछि डा. कनोडिया पनि त्यतै हानिएका थिए ।
‘एउटा भरपर्दो आश्वासन पाएपछि डा. कनोडिया तत्काल नेपालगन्ज फर्किए’, काग्रेस स्रोत भन्छ, ‘बुधबार फेरि डा. कनोडियालाई कुनै हालतमा नदिन ठूलै घेराबन्दी भएपछि उनी काठमाडौं पुगेका थिए ।’ पुरानै आश्वासन दोहोरिएपछि डा. कनोडिया साझ नै नेपालगन्ज फर्किए र बिहीबारदेखि पूर्ववत् प्रचार अभियानमा जुटे ।
नेपाली काग्रेसले जिल्ला स्तरमा उम्मेदवार छनोटका लागि गठन गरेको कार्यदलबाट उम्मेदवार सिफारिस सम्म हुन सकेन । जिल्ला कार्यसमिति समेतले सर्वसम्मत आएका एकाध वडा र गाउपालिका बाहेकमा उम्मेदवारको टुंगो लगाएको छैन ।
‘कोहलपुर र नेपालगन्जको प्रमुख र उपप्रमुखको टुंगो त झन् केन्द्रले नै लगाउने भनिएको हो’, काग्रेस स्रोत भन्छ, ‘कोहलपुरमा बरु केही संकेत आएपछि उम्मेदवारले घरदैलो गरिरहेका छन् ।’ कोहलपुरका लागि भानुभक्त भट्टराईको नाममा सहमति जुटाउने गरी पार्टी नेतृत्व अगाडी बढेको छ । ‘नेपालगन्जमा त आफत नै पर्यो’, नेता भन्छन् ।
नेपालगन्जमा लिखित निवेदन बाट सम्भावितहरुले उम्मेदवारको दाबेदारी गरेका थिए । बाके काग्रेसले प्रक्रिया पूरा गर्यो भने निवेदन दस्तुर समेत ५ सय रुपैया असुलेको थियो । त्यसरी औपचारिक प्रक्रियामा १२ जना प्रमुख र उपप्रमुखमा ११ जनाले निवेदन दिए । जसमध्ये उपप्रमुखमा १ जनाले फिर्ता लिएपनि बा“की सबै नाम यथावत नै केन्द्रमा सिफारिस गरिएको थियो ।
जति जनाको नाम केन्द्रमा पठाइएपनि डा. कनोडिया एकातिर र बाकी अर्को तिर देखिएका छन् । ‘डा. कनोडियालाई कुनै हालतमा दिनुहु“दैन भन्ने पक्षकै बलमा काग्रेस निर्णयमा पुग्न नसकेको हो’, काग्रेसका एक नेताले भने, ‘पार्टी नेतृत्व कनोडिया विरोधी घेराको विगतको योगदान र प्रभावलाई चटक्कै बिर्सेर निर्णय लिन सक्दैन ।’
पछिल्ला दिनमा डा. कनोडिया विरुद्धको घेरा साघुरिएको छ । बलियो दाबेदारका रुपमा उभिएका सुरेन्द्र बहादुर हमाल कनोडिया विरुद्धको मोर्चाबन्दीबाट बाहिरिएपछि घेरा साघुरो भएको हो । त्यत्तिकै बलियो दाबेदारका रुपमा उभिएका काग्रेस बाकेका कोषाध्यक्ष निजामुद्दिन सिद्दिकी (मुन्ना) पनि सहोदर भाई सम्शुद्दिन सिद्दिकीले नेकपा एमालेबाट उपमहानगर प्रमुख पदमै टिकट पाएपछि ‘रिङ्ग आउट’ सरह शान्त भए । दाबेदार समेत रहेका पार्टी नगर सभापति प्रशान्त विष्ट पनि डा. विरुद्धको घेराबन्दीमा धेरैबेर सहभागी भएनन् ।
‘डा. हुदैन भन्नेहरु बीचमा एकता भएर एउटा नाम दिन सके पनि निर्णय भैसक्थ्यो’, सम्बद्ध स्रोत भन्छ, ‘तर, डा. विरुद्ध एकढिक्का हुनेहरु सबै व्यक्तिगत रुपमा आ–आफ्नो उम्मेदवारी बलियो तर्कका साथ राख्दा नेतृत्वले निर्णय लिन सकिरहेको छैन ।’ अझ बाकेका सांसदहरु बादशाह कुर्मी, आशा विक, मैकुलाल वाल्मिकी, अब्दुल हमिद सिद्दिकी र सर्वतआराको पनि उम्मेदवारका हकमा एकमत नहु“दा का“ग्रेस नेतृत्वलाई नेपालगन्जमा उम्मेदवार दिन सकस भैरहेको हो ।
कुर्मी र विकले कनोडिया र बाकीले अन्य नाममा लबिङ्ग गरेका छन् । जसका कारण पनि उम्मेदवारी टुंगो लगाउनु असजिलो भयो । पछिल्ला दिनमा अच्युत प्रसाई, लक्ष्मी नारायण शाह, सुदिप नरसिंह राणा र निरंजन सिंह सिजापति डा. कनोडिया विरुद्ध कसिलो मोर्चा बन्दीमा केन्द्रीय कार्यालय बाहिर देखा परेका छन् । उनीहरुको तर्क छ, ‘डा. कनोडियालाई पैसाकै बलमा टिकट दिन खोजिएको हो ।’
राजु थापा, आशा सिंह राठौर, मो. कादिर जोलाहा, रमेश गुप्ताको दाबेदारी फगत औपचारिकता मात्रै देखियो । ‘जिल्ला नेतृत्वले समेत डा. कनोडियाको टाउकोमा हात राखेको छ’, पार्टी स्रोत भन्छ, ‘तर, पार्टीमा खासै योगदान नदेखिएका कारण नेतृत्व खुलेर निर्णयमा पुग्दा पार्टी पंक्तिमा नकारात्मक प्रभाव पर्ने र त्यसको सामाना गर्ने हिम्मत नेतृत्वले जुटाउन सकिरहेको छैन ।’
उपप्रमुखको भने सहरमा चर्चै छैन । उमा थापा, रत्न राणा, दिक्षा कोइराला, भारती जोशी, नारायणी रुपाखेती, कमला भट्ट, सम्मका नाम पार्टी भित्र अगाडी र पछाडी सूचिकृत भैरहेका छन् । ‘प्रमुखको टुंगो नलागेसम्म उपप्रमुखबारे छलफलै हुन सकिरहेको छैन’, एक उपप्रमुखकी दाबेदारले भनिन्, ‘प्रमुखको निधारमा उपप्रमुखको भाग्य लेखिएको छ ।’ ऋचा द्विवेदी, माया पुनमगर, फैयाज अली अन्सारीले पनि उपप्रमुखमा दाबी गरिरहेका छन् ।
बाके काग्रेसका युवा नेता सुधांसु कोइरालाले ‘सम्भवत शुक्रबार केन्द्रले उम्मेदवारी टुंगो लगाउने’ विश्वास व्यक्त गरे । ‘यो नै हुन्छ भन्न सक्ने अवस्था छैन, तर शुक्रबारसम्म उम्मेदवारी टुंगो लाग्छ’, उनले भने । दोस्रो चरणको निर्वाचनका लागि पटकपटक मिति सार्दापनि उम्मेदवारी दर्ता गर्ने तिथि एक साता बाकी रहदासम्म टुंगो नलाग्दा प्रचार प्रसारले गति लिन नसकेको गुनासो कार्यकर्ताहरुको छ ।