अनुगमनका लागि प्रवक्ता मोहना अन्सारीको संयोजकत्वमा मानव अधिकार समिति निर्माण
नेपालगन्जन्यूज । राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय निर्वाचनको सन्दर्भमा निर्वाचनअघि, निर्वाचनको समय र निर्वाचनपश्चात गरी तीन चरणमा देशव्यापी रुपमा अनुगमन गर्ने भएको छ ।
उसले राजनीतिकदलहरुले शान्तिपुर्वक भेल ागर्न तथा राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भए नभएको सम्वन्धमा अनुगमन गर्नेछ । यसका साथै आयोगले स्थानीय तह निर्वाचन आचार संहिता २०७३ मा उल्लिखित मानव अधिकार सम्बन्धी विषय, समय सुरक्षा स्थिती लगायतका विषयमा अनुगमन गर्ने छ ।
निर्वाचन अनुगमनका लागि प्रवक्ता मोहना अन्सारीको संयोजकत्वमा मानव अधिकार अनुगमन तथा समन्वय समिति निर्माण गरेको जनाएको छ ।
कुनै पनि राजनीतिक विषयलाई समर्थन गर्ने वा नगर्ने राजनीतिक दल वा व्यक्तिको अधिकार भएकोले त्यसलाई हिंसात्मक नबनाउन र सर्वसाधारणको मानव अधिकारको सम्मान गर्न राजनीतिक दलसंग आयोगले अपिल गरेको छ ।